Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

समयमा काम पूरा गर्नेलाई सरकारले सम्मान गर्छ : मन्त्री ज्वाला


३० ,मङ्सिर ,चन्द्रौटा (कपिलवस्तु) । भौतिक पूर्वधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्धारित समयमा तोकिएको काम पूरा गर्ने निर्माण व्यवसायीलाई सम्मान गर्ने बताएका छन् ।

कपिलवस्तुको सुरही खोलामा निर्माण सम्पन्न पुलको आज उद्घाटन गर्दै मन्त्री ज्वालाले कतिपय निर्माण कम्पनीले काम नगरेर बदनाम भइरहेको सन्दर्भमा समयमा काम सम्पन्न गर्ने कम्पनीलाई सरकारले हरेक वर्ष सम्मान गर्ने बताए ।

सुरही खोलाको पुल निर्धारित समयभन्दा एक वर्षअगावै टुन्डी कन्स्ट्रक्सन प्रालिले सम्पन्न गरेकाले सम्मानपत्रले सम्मान गरिएको छ । मन्त्री ज्वालाले उक्त कम्पनीलाई सम्मान गर्दै शिवगढीसहित कपिलवस्तुका जनताले पुल निर्माणपश्चात जनजीवनमा सहजता हुने बताए ।

विद्यार्थी तथा स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज हुने भएकाले आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । मन्त्री ज्वालाले लुम्बिनी प्रदेशको भालुवाङबाट चन्द्रौटासम्मको सडक अवस्था जटिल देखिएकाले मर्मत तथा पुनःनिर्माणका लागि पहल गर्ने बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शिवगढीका नागरिकको सपना पूरा भएको बताए । पुल नहुँदा वर्षात्को समयमा आवतजावत गर्ने अवस्था नरहेको बताउँदै पुलको निर्धारित समयभन्दा पहिला काम सकेकामा निर्माण कम्पनीलाई धन्यवाद दिए ।

शिवराज नगरपालिका–१ र ९ को सीमामा रहेको सुरही खोलामा रहेको उक्त पुल २०७७ असोज १२ गतेदेखि निर्माण सुरु भएको थियो । तीन सय ६० मिटर लम्बाइको पुल निर्माण सम्पन्न हुनुभन्दा एक वर्ष अगाडि नै सम्पन्न भई सञ्चलानमा आएको छ । रु ४६ करोड १५ लाख ३० हजारको लागतमा निर्माण भएको हो ।


प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?