Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर काम गरेका छौँ : मुख्यमन्त्री पाण्डे


३० ,मङ्सिर ,ढोरपाटन (बागलुङ) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम अगाडि बढाएको बताएका छन्।

बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा आज आयोजित पाण्डवखानी माविको हिरक जयन्तीलाई सम्बोधन गर्दै उनले अब दुर्गम गाउँका नागरिकले पहिलेको जस्तो दुःख नपाउने बताए ।

पछिल्लो समय ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी बजार झर्ने र विदेश पलायन हुनेको सङ्ख्या बढ्दै गएपछि अब प्रदेश सरकारले गाउँमै रोजगार सिर्जना गरी आफ्नै ठाउँमा बस्ने वातावरण तयार गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । गाउँका सबै विद्यालयको स्तरवृद्धि गरी प्राविधिसँग जोड्ने गरी काम गरिरहेको उनले बताए ।

“सहरबजारको नजिकका गाउँठाउँमा विकास भएको छ, तर सदियौँदेखि विकट मानिदै आएका ठाउँ अहिले पनि विकटै छन्, त्यस्ता ठाउँलाई प्रदेश सरकारले मुख्य प्राथमिकतामा राखेको छ, अब हरेक नागरिकलाई उत्पादनसँग जोड्ने कार्यक्रम ल्याइरहेका छौँ”, मुख्यमन्त्री पाण्डेले भने, “मुलुकलाई गाली गरे विकास हुँदैन, विकासका लागि सबै नागरिकले सरकारलाई साथ दिनुपर्छ, विकास हुँदै भएन भन्नु गलत हो ।”

अब हरेक युवा गाउँमै बस्ने बनाउनका लागि प्रदेश सरकारले उनीहरूले चाहेको पेसामा लाग्न प्रोत्साहन गर्ने र अनुदान तथा बजारीकरणको व्यवस्था गरिदिने पाण्डेले बताए ।

विकास निर्माणका सन्दर्भमा स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारबीच समन्वयको जरुरी रहेको भन्दै प्रदेश सरकारले सानातिना योजनाका काम नगर्ने उनि बताउछन् । साना योजना पालिका, मध्यम खालका प्रदेश र ठूला योजना केन्द्र सरकारले सञ्चालन गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए ।

प्रदेश सरकारले पालिका, वडा र प्रदेश जोड्ने सडक निर्माण गर्ने भन्दै, स्थानीय पालिकाले स्रोत पहिचान गरी आन्तरिक स्रोत बढाउनतर्फ लाग्नुपर्ने उनले बताए ।


प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?