Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर काम गरेका छौँ : मुख्यमन्त्री पाण्डे


३० ,मङ्सिर ,ढोरपाटन (बागलुङ) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम अगाडि बढाएको बताएका छन्।

बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा आज आयोजित पाण्डवखानी माविको हिरक जयन्तीलाई सम्बोधन गर्दै उनले अब दुर्गम गाउँका नागरिकले पहिलेको जस्तो दुःख नपाउने बताए ।

पछिल्लो समय ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी बजार झर्ने र विदेश पलायन हुनेको सङ्ख्या बढ्दै गएपछि अब प्रदेश सरकारले गाउँमै रोजगार सिर्जना गरी आफ्नै ठाउँमा बस्ने वातावरण तयार गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । गाउँका सबै विद्यालयको स्तरवृद्धि गरी प्राविधिसँग जोड्ने गरी काम गरिरहेको उनले बताए ।

“सहरबजारको नजिकका गाउँठाउँमा विकास भएको छ, तर सदियौँदेखि विकट मानिदै आएका ठाउँ अहिले पनि विकटै छन्, त्यस्ता ठाउँलाई प्रदेश सरकारले मुख्य प्राथमिकतामा राखेको छ, अब हरेक नागरिकलाई उत्पादनसँग जोड्ने कार्यक्रम ल्याइरहेका छौँ”, मुख्यमन्त्री पाण्डेले भने, “मुलुकलाई गाली गरे विकास हुँदैन, विकासका लागि सबै नागरिकले सरकारलाई साथ दिनुपर्छ, विकास हुँदै भएन भन्नु गलत हो ।”

अब हरेक युवा गाउँमै बस्ने बनाउनका लागि प्रदेश सरकारले उनीहरूले चाहेको पेसामा लाग्न प्रोत्साहन गर्ने र अनुदान तथा बजारीकरणको व्यवस्था गरिदिने पाण्डेले बताए ।

विकास निर्माणका सन्दर्भमा स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारबीच समन्वयको जरुरी रहेको भन्दै प्रदेश सरकारले सानातिना योजनाका काम नगर्ने उनि बताउछन् । साना योजना पालिका, मध्यम खालका प्रदेश र ठूला योजना केन्द्र सरकारले सञ्चालन गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए ।

प्रदेश सरकारले पालिका, वडा र प्रदेश जोड्ने सडक निर्माण गर्ने भन्दै, स्थानीय पालिकाले स्रोत पहिचान गरी आन्तरिक स्रोत बढाउनतर्फ लाग्नुपर्ने उनले बताए ।


प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?