Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

संसारीमाई मन्दिरमा राजेन्द्र रेग्मी १६ दिनदेखि निराहार तपस्यामा


२९ ,मङ्सिर ,काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–१ स्थित वाग्मती नदीको किनारमा रहेको संसारीमाई मन्दिरमा राजेन्द्र रेग्मी १६ दिनदेखि निराहार तपस्यारत छन् ।

महालक्ष्मी नगरपालिका–८, ललितपुरका रेग्मी १६ दिनदेखि सिसी क्यामेराको निगरानीमा पानी पनि नपिई तपस्यामा लीन भएका हुन् । गत वर्ष फागुन ३ गते सपनामा अलौकिक शक्ति प्राप्त भएको अनुभूति भएपछि पानी पनि नखाई समय बिताउँदै आएको दावी उनले गरेका छन् ।

पानीसमेत नखाएको पनि आफूलाई केही फरक नपरेको, भोक नलागेको उनले जानकारी गराए । अलौकिक शक्ति प्राप्त भएपछि १२० केजीका रेग्मीको तौल घटेर ८० केजी भएको पनि मन्दिर परिसरमा राखिएको ब्यानरमा उल्लेख गरिएको छ ।

मङ्सिर १४ गतेदेखि भने उहाँ संसारीमाई मन्दिर परिसरमा सिसीक्यामेराको निगरानीमा केही नखाई बसेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

उनको निगरानी सिसीक्यामेरा, स्थानीयवासी र प्रहरी प्रशासनले पनि गरिरहेको छ । निराहार व्रत बसिरहेका उनको दर्शनका लागि आउने भक्तजनको सङ्ख्या पनि मन्दिर क्षेत्रमा बढ्न थालेको छ ।

निराहार तपस्यामा रहेका रेग्मीको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न सङ्घीय सांसद सन्तोष चालिसे, वाग्मती प्रदेशसभा सदस्य बिमल ठकुरी र गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसाललगायत पुगेका गोकर्णस्थित यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा रेग्मीसँगै काम गर्नुभएका सिग्देल सहकर्मीमा एक्कासी आएको परिवर्तनले आफु पनि आश्चर्यचकित भएको बताउछन् ।


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?