Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बिमा सर्भेयरको भूमिका महत्वपूर्ण : अर्थमन्त्री डा. महत


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । बिमा सर्भेयर संघ नेपालले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले भन्नुभयो, ‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनिकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन । मलाई समस्या आउँदैन, किन बिमामा किन सहभागी हुने भन्ने धारणा छ ।’

अहिले बिमा सचेतनाको आवश्यकता रहेको औंल्याउँदै मन्त्री डा. महतले भन्नुभयो, ‘जीवन होस् वा निर्जिवन जोखिममा पर्यो भने झमेला हुँदैन । यो विश्वास दिलाउनुपर्छ । नेपालमा दुईवटा समस्या छ, हरेकलाई समस्या आइपर्न सक्छ, अहिले हामीले केही योगदान दिएर भोलि आइपर्न सक्ने ठूलो जोखिमको निवारण बिमाबाट हुन्छ भन्ने सचेतना जगाउनुपर्ने छ । जसले बिमा गरिसकेको छ, आपत पर्दा तिर्न विमा कम्पनीहरुले तिर्न आनाकानी गर्छन् । यसले सम्भावित बिमा लिन खोज्नेहरुलाई पनि विमा विस्तारमा अवरोध पुर्याउँछ ।’

देखिएका समस्या समाधानका लागि विमामा जोडिएका सबै र बिमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन मन्त्री डा. महतले आग्रह गर्नुभयो । उहाँले व्यवसायिकतालाई मध्यनजर राखेर हामीले काम गर्नुपर्ने बताउनुभयो ।

‘विमा कम्पनीहरुले लिन बेला विज्ञापन गर्ने, रिर्सोस जम्मा गर्ने र दिनु पर्यो भने अनेकौं झमेला झिक्ने गरिन्छ । त्यहीनेर सर्भेरको काम आउँछ । उनीहरुको बीचमा बसेर सर्भेरले काम गरिदियो भने प्रभावकारी हुन्छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘बिमा सर्भेर महत्वपूर्ण भूमिका हुन्छन् । कुनै प्रभावमा नपरी जे यथार्थ हो, त्यो राखेर समस्या समाधान गर्नुपर्छ । यो भयो भने कसैले यसमा खेल्न सक्दैन । विमालाई नयाँ उचाइमा पुर्याउन सर्भेरको भूमिका महत्वपूर्ण हुन्छ ।’


प्रकाशित मिति: २९ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?