Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

फिल्म ‘तेरे नाम’का निर्देशक सतीश कौशिकको निधन


२५ फागुन, एजेन्सी। भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ । उनको ६६ वर्षको उमेरमा निधन भएको हो ।

शवना आजमीको निवासमा होली मनाएर उनी पारिवारिक होली खेल्न दिल्ली गएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार होली खेलिसकेपछि असहज महशुस गरेका काैशिकलाई फरटिज अस्पतालमा भर्ना गरिएको थियो ।

उनको सोही अस्पतालमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

फिल्म समिक्षक तरुण आर्दशले आफनो टविटरमा उनको निधन भएको जनाउँदै ‘हृदय बिदारक’ भएको लेखेका छन् ।

उनको जन्म सन् १९६५ अप्रिल १३ मा हरियाणामा भएको थियो । अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत उनी चर्चित थिए।

कौशिकले ‘हम आपके दिलमे रहेते है’ ‘तेरे नाम’ जस्ता चर्चित फिल्म निर्देशन गरेका थिए ।


प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?