Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न विधेयक संसद्मा दर्ता गरिने


२५ फागुन, काठमाडाैँ। सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने लक्ष्यका साथ सङ्क्रमणकालीन न्यायसँग जोडिएका दुई महत्वपूर्ण विधेयक सङ्घीय संसद्मा दर्ता गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति प्रक्रियाका कामलाई यथाशीघ्र अगाडि बढाउने लक्ष्यका साथ ती महत्वपूर्ण विधेयक अगाडि बढाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको छ । यसअघि अघिल्लो सरकारले समेत सो विधेयक अगाडि बढाएको थियो । सङ्घीय संसद्को कार्यकाल समाप्त भएपछि ती विधेयक निस्क्रिय भएका थिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीका अनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने लक्ष्यका साथ ती विधेयक सङ्घीय संसद्मा पेश गर्ने निर्णय गरेको हो ।


प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?