Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सुरक्षित बसोबासका लागि ‘जोखिम संवेदनशील भू–उपयोग योजना


२७ ,मङ्सिर ,वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिकाले सुरक्षित बसोबासलाई प्रोत्साहन गर्न ‘जोखिम संवेदनशील भू–उपयोग योजना’ निर्माण गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास परियोजना (युएनडिपी)को प्राविधिक सहयोगमा विषय विज्ञहरूद्वारा नगरपालिकाका १४ वटै वडामा पुगेर यन्त्र तथा उपकरणको प्रयोग गरी प्रतिवेदन निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

नगरभित्रको भूमिको बनोट, प्रयोग क्षमता, भूगोलको जोखिम संवेदनशीलतालगायत विषयलाई ध्यानमा राखेर गत वर्ष माघदेखि सम्बन्धित ठाउँमै पुगेर अध्ययनबाट प्राप्त प्रतिवेदन नगरपालिकालाई हस्तान्तरण गरिएको जोखिम विज्ञका रूपमा रहनुभएका निरोज तिमिल्सिनाले बताए ।

“अध्ययनका क्रममा पछिल्लो १० वर्षमा ८६ प्रतिशत पहिरो अव्यवस्थितरूपमा खनिएका सडकका कारण गएको पाइएको छ”, उनले भने, “जमिनको अध्ययन गरी बाढी, पहिरो, भूक्षयलगायत प्रकोप हुनसक्ने सम्भावित ठाउँ पहिचान गरिएको छ ।”

विषम भौगोलिक अवस्था, जटिल भौगर्भिक बनोट, अति भिरालोपनका साथसाथै यत्रतत्र खनिएका बाटाघाटा तथा अव्यवस्थितरूपमा बढ्दै गएको बस्ती विकासका कारण जोखिम बढ्दै गएको छ ।

विपद्लाई विचार नगरी भविष्यमा गरिने विकासले ठूलो धनजनको क्षति हुने र लगानीको जोखिम पनि बढाउँछ । यसले विकास प्रक्रियामा अप्ठ्यारो पार्ने तिमिल्सिनाले बताउनुभयो । नगरपालिकाले बहुप्रकोपीय जोखिमको न्यूनीकरण गर्दै सुरक्षित र नियोजित भू–उपयोगमार्फत अधिकतम लाभ प्राप्त गर्नुपर्ने उनि बताउछन् ।

वालिङ नगरपालिकामा विभिन्न प्रकोपबाट भएका क्षतिको अध्ययन विश्लेषण गरी प्रकोपको प्राथमिकीकरण गर्ने, प्रकोप जोखिम सम्भाव्यताको आकलन गर्ने र जोखिमको स्तरअनुसार प्रकोप जोखिमयुक्त क्षेत्र पहिचान तथा नक्साङ्कन गर्ने उद्देश्यले जोखिम संवेदनशील भू–उपयोग योजना निर्माण गरिएको तिमिल्सिनाले बताए ।

नगरपालिकाको एकीकृत र समावेशी जोखिम संवेदनशिल भू–उपयोग योजना, भवन मापदण्ड तथा कार्यान्वयन योजनाको अध्ययन गरी कार्यपालिका बैठकबाट स्वीकृत गरिएको नगरप्रमुख कृष्ण खाणले बताए । वातावरणीय अध्ययनबिनाका योजना अपूरा हुने भएकाले आगामी दिनमा योजना बनाउँदा यसैलाई आधार मानेर अगाडि बढ्ने उनि बताउछन् ।

“विज्ञहरूको टोलीले अध्ययन गरी नगरपालिकालाई हस्तान्तरण गरेको प्रतिवेदन कार्यान्वयन गर्छौँ”, उनले भने, “यसबाट विकास निर्माणका काम गर्दा हुने वातावरणीय र प्रकोपजन्य असरलाई न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास छ ।”

भौगर्भिक अध्ययनबिना गरिएका योजनाले बाढी पहिरो जाँदा जनधनको क्षति हुने गरेकाले नगरले आगामी दिनमा योजना बनाउँदा यसको विशेष ख्याल गरिने नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैह्रेले बताए ।


प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?