Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक भूमिका रह्यो : अध्यक्ष नेपाल


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक सहभागिता रहेको बताउनुभएको छ । एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले महिला सशक्तिकरणलाई अझै प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

मुलुकको राजनीतिक परिवर्तनका हरेक आन्दोनमा महिलाहरुको निर्णायक सहभागिता र नेतृत्व रहदै आएको बताउँदै अध्यक्ष नेपालले महिला सहभागिता र प्रतिनिधत्व सुनिश्चित गर्न संविधान र कानुनमार्फत आधारभूत व्यवस्थाहरु गरी त्यसलाई अभ्यासमा ल्याइएको बताउनुभयो । “फलतः मुलुकका तीनै तहका सरकार, संसद र नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व वृद्धि हुनका साथै महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।”

अध्यक्ष नेपाल द्धारा प्रकासित विज्ञप्तिमा उल्लेख गरिएको छ । पछिला दिनमा विभिन्न रुपमा महिलाहरु आर्थिक, सामाजिक शोषण र भेदभावपूर्ण व्यवहारको सिकार भैरहेका बताउँदै उहाँले विभिन्न कुरितीहरुलाई हटाएर सम्मानवूर्ण संस्कृतिको विकास गरी समान अधिकार स्थापित गर्न महिला दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गर्नु भएको छ ।


प्रकाशित मिति: २४ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?