Trending
>>   आज मिति २०८२ साल मंसिर २७ गते शनिवार, हेर्नुहोस् आजको राशिफल >>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक भूमिका रह्यो : अध्यक्ष नेपाल


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाको निर्णायक सहभागिता रहेको बताउनुभएको छ । एक सय १३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले महिला सशक्तिकरणलाई अझै प्रभावकारी तुल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

मुलुकको राजनीतिक परिवर्तनका हरेक आन्दोनमा महिलाहरुको निर्णायक सहभागिता र नेतृत्व रहदै आएको बताउँदै अध्यक्ष नेपालले महिला सहभागिता र प्रतिनिधत्व सुनिश्चित गर्न संविधान र कानुनमार्फत आधारभूत व्यवस्थाहरु गरी त्यसलाई अभ्यासमा ल्याइएको बताउनुभयो । “फलतः मुलुकका तीनै तहका सरकार, संसद र नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व वृद्धि हुनका साथै महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।”

अध्यक्ष नेपाल द्धारा प्रकासित विज्ञप्तिमा उल्लेख गरिएको छ । पछिला दिनमा विभिन्न रुपमा महिलाहरु आर्थिक, सामाजिक शोषण र भेदभावपूर्ण व्यवहारको सिकार भैरहेका बताउँदै उहाँले विभिन्न कुरितीहरुलाई हटाएर सम्मानवूर्ण संस्कृतिको विकास गरी समान अधिकार स्थापित गर्न महिला दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गर्नु भएको छ ।


प्रकाशित मिति: २४ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?