Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

श्रीलङ्कामा स्थानीय निर्वाचनको नयाँ मिति घोषणा


२४ फागुन, एजेन्सी। श्रीलङ्काको निर्वाचन आयोगले अप्रिल २५ लाई स्थानीय परिषद्को निर्वाचन गराउनको लागि उपयुक्त मिति भएको घोषणा गरेको छ । अप्रत्याशित र अपरिहार्य कारणले तोकिएअनुसार मार्च ९ गते स्थानीय निर्वाचन हुन नसक्ने पनि आयोगले क्षेत्रीय निर्वाचन अधिकृतलाई जानकारी गराएका छन् ।

क्षेत्रीय निर्वाचन अधिकारीहरुलाई अप्रिल २५ लाई निर्वाचनको दिनको रुपमा सरकारी घोषणा भएको जानकारी दिएको छ । प्रादेशिक निर्वाचन अधिकारीहरूले यस वर्षको सुरुमा सरकारले स्थानीय चुनाव मार्च ९ गते हुने घोषणा गरेका थिए । तर, सरकारले अपुग रकमको कारण देखाउँदै निर्वाचनमा ढिलाइ गरेको थियो ।

श्रीलङ्काले स्थानीय सरकार निकायहरूको लागि प्रत्येक चार वर्षमा एक पटक चुनाव गर्दछ, र स्थगित स्थानीय चुनावहरु २०२२ मा हुने तालिका रहेको थियो ।


प्रकाशित मिति: २४ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?