Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

हेटौँडामा धुलो दूधको उत्पादन सुरु गर्ने


२४ ,मङ्सिर ,मकवानपुर । दुग्ध विकास बोर्डले केही हप्ताभित्रै हेटौँडामा धुलो दूध व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ ।

बोर्ड बागमती प्रदेश हेटौँडाले धुलो दूध उत्पादनका लागि दुई पटक प्लान्ट सञ्चालन गरी परीक्षण सम्पन्न गरिसकेको छ । आयोजनाबाट दैनिक पाँच मेट्रिकटन धुलो दूध उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ ।

बागमती प्रदेश सरकारको रु ४७ करोड ५० लाखको लागतमा हेटौँडा उपमहानगरपालिका–१० शिशौघारीमा केही वर्ष अगाडि धुलो दूध उत्पादन आयोजना स्थापना गरिएको थियो ।

आयोजनाका लागि बागमती प्रदेशको चितवन, मकवानपुर, धादिङ जिल्लाका कृषकबाट गरी दैनिक ६० हजार लिटर दूध कृषकबाट खरिद गर्ने योजना रहेको बोर्डले बनाएको छ ।

प्रदेश सरकारले बोर्डलाई चाँडो धुलो दूध उत्पालन गर्न जिम्मेवारी दिएको थियो । व्यावसायिक धुलो दूध उत्पादन गर्न आवश्यक प्राविधिक कर्मचारी र मजदुर नियुक्त गर्न केही समय पर्खिनु परेकाले काममा ढिलाइ भएको बोर्डका कार्यकारी निर्देशक प्रजिता ज्ञवालीले जानकारी दिए । उनका अनुसार हेटौँडाबाट उत्पादित धुलो दूध स्वदेशलगायत विदेशमा पनि निर्यात गरिने छ ।

आयोजना सञ्चालन हुँदा प्रत्यक्ष, अप्रत्यक्ष गरी करिब ४० व्यक्तिले रोजगारीको अवसर प्राप्त गर्नेछन् ।


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?