Trending
>>   एमसीसी सम्झौताले मुलुकलाई विभाजित गर्यो : पूर्वप्रधानमन्त्री खनाल >>   ११ वटा निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने >>   पार्टी प्रति नकारात्मकता फैलाउनेहरुलाई छुट दिन सकिँदैन: अध्यक्ष नेपाल >>   राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ मा हुने >>   नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स प्रदर्शनी भदौ १३ देखि भृकुटीमण्डपमा हुने >>   मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्नु हुँदैन : पर्यटनमन्त्री पाण्डे >>   ‘उखु किसानले वर्षेनी आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गरियोस्’ >>   शिक्षक महासंघले बुझायो राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र >>   २०८४ मा मेरो अवस्था कस्तो होला भन्ने मानसिकताबाट काँग्रेस मुक्त हुनुपर्छ : महामन्त्री थापा >>   चीनको स्वदेशी ‘हाइकिन’ ४,१४० मिटरको गहिराइमा पुग्यो
Logo
८ भाद्र २०८२, सोमबार
८ भाद्र २०८२, सोमबार

हेटौँडामा धुलो दूधको उत्पादन सुरु गर्ने


२४ ,मङ्सिर ,मकवानपुर । दुग्ध विकास बोर्डले केही हप्ताभित्रै हेटौँडामा धुलो दूध व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ ।

बोर्ड बागमती प्रदेश हेटौँडाले धुलो दूध उत्पादनका लागि दुई पटक प्लान्ट सञ्चालन गरी परीक्षण सम्पन्न गरिसकेको छ । आयोजनाबाट दैनिक पाँच मेट्रिकटन धुलो दूध उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ ।

बागमती प्रदेश सरकारको रु ४७ करोड ५० लाखको लागतमा हेटौँडा उपमहानगरपालिका–१० शिशौघारीमा केही वर्ष अगाडि धुलो दूध उत्पादन आयोजना स्थापना गरिएको थियो ।

आयोजनाका लागि बागमती प्रदेशको चितवन, मकवानपुर, धादिङ जिल्लाका कृषकबाट गरी दैनिक ६० हजार लिटर दूध कृषकबाट खरिद गर्ने योजना रहेको बोर्डले बनाएको छ ।

प्रदेश सरकारले बोर्डलाई चाँडो धुलो दूध उत्पालन गर्न जिम्मेवारी दिएको थियो । व्यावसायिक धुलो दूध उत्पादन गर्न आवश्यक प्राविधिक कर्मचारी र मजदुर नियुक्त गर्न केही समय पर्खिनु परेकाले काममा ढिलाइ भएको बोर्डका कार्यकारी निर्देशक प्रजिता ज्ञवालीले जानकारी दिए । उनका अनुसार हेटौँडाबाट उत्पादित धुलो दूध स्वदेशलगायत विदेशमा पनि निर्यात गरिने छ ।

आयोजना सञ्चालन हुँदा प्रत्यक्ष, अप्रत्यक्ष गरी करिब ४० व्यक्तिले रोजगारीको अवसर प्राप्त गर्नेछन् ।


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?