Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

एमालेको पध्यपहाडी यात्राको सुरक्षामा कुनै कमी हुन दिन्नौँ : कोशी सुरक्षा प्रमुख


काठमाडौं। कोशी प्रदेशका सुरक्षा निकायले एमालेको समृद्धिका लागि सङ्कल्प यात्राको सुरक्षाका लागि आफूहरू पूर्ण रूपमा तयार रहेको बताएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नेता, कार्यक्रमस्थल, रुट र यात्रामा सहभागीको सुरक्षामा कुनै समस्या नहुने दाबी गरेका हुन् ।

एमालेको झुलाघाट-चिवाभञ्ज्याङ सङ्कल्प यात्रालाई अवरोध गर्ने गरी पहिचानवादीले बन्द, हड्ताल र विरोधका कार्यक्रम सार्वजनिक गरेपछि यहाँ सुरक्षा चुनौती बढेको छ । सशस्त्र प्रहरीका डिआइजी अञ्जनीकुमार पोखरेलले पूर्ण रूपमा तयारीमा रहेको बताएका छन् ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सुरक्षा अवस्था मिलाउन मातहतका निकायलाई आवश्यक निर्देशन दिइसकेको बताए । एमालेको अभियानको सुरक्षा तयारीबारे शनिबार भर्चुअल बैठकसमेत गरिएको थियो ।

उक्त बैठकमा डिआइजी बास्तोलाले कार्यक्रमस्थल, आवागमन मार्गलगायतका स्थानहरूमा प्रहरी परिचालन गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउन साथै अवाञ्छित क्रियाकलाप भए तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका छन् ।

त्यस्तै, अध्यक्ष केपी ओली नेतृत्वको सङ्कल्प यात्राको टोली मंसिर २६ गते ओखलढुङ्गाको घुर्मी प्रवेशसँगै कोशी प्रदेशमा पुग्नेछ ।


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?