Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

एमालेको पध्यपहाडी यात्राको सुरक्षामा कुनै कमी हुन दिन्नौँ : कोशी सुरक्षा प्रमुख


काठमाडौं। कोशी प्रदेशका सुरक्षा निकायले एमालेको समृद्धिका लागि सङ्कल्प यात्राको सुरक्षाका लागि आफूहरू पूर्ण रूपमा तयार रहेको बताएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नेता, कार्यक्रमस्थल, रुट र यात्रामा सहभागीको सुरक्षामा कुनै समस्या नहुने दाबी गरेका हुन् ।

एमालेको झुलाघाट-चिवाभञ्ज्याङ सङ्कल्प यात्रालाई अवरोध गर्ने गरी पहिचानवादीले बन्द, हड्ताल र विरोधका कार्यक्रम सार्वजनिक गरेपछि यहाँ सुरक्षा चुनौती बढेको छ । सशस्त्र प्रहरीका डिआइजी अञ्जनीकुमार पोखरेलले पूर्ण रूपमा तयारीमा रहेको बताएका छन् ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सुरक्षा अवस्था मिलाउन मातहतका निकायलाई आवश्यक निर्देशन दिइसकेको बताए । एमालेको अभियानको सुरक्षा तयारीबारे शनिबार भर्चुअल बैठकसमेत गरिएको थियो ।

उक्त बैठकमा डिआइजी बास्तोलाले कार्यक्रमस्थल, आवागमन मार्गलगायतका स्थानहरूमा प्रहरी परिचालन गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउन साथै अवाञ्छित क्रियाकलाप भए तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका छन् ।

त्यस्तै, अध्यक्ष केपी ओली नेतृत्वको सङ्कल्प यात्राको टोली मंसिर २६ गते ओखलढुङ्गाको घुर्मी प्रवेशसँगै कोशी प्रदेशमा पुग्नेछ ।


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?