Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

तराई मधेसमा आज होली मनाइँदै


२४ फागुन, पर्सा। पर्सासहित तराई मधेसका जिल्लामा आज रङगैरङ्गको पर्व फागु अर्थात् होली पर्व मनाइँदैछ । तिथिमा घटबढका कारण हिजो तराई मधेसमा मनाउनुपर्ने होली आज मनाउन लागिएको हो ।

कतिपयले भने आफ्नो इच्छाअनुसार हिजै होली मनाए पनि अधिकांशले आज मनाउन लागेका छन् । तराई मधेसमा यस वर्ष पनि तीन दिन नै होली मनाइने भएको छ । तराई मधेसमा होलिका दहन मङ्गलबार बिहानै सम्पन्न भए पनि तिथिमा घटबढका कारण होली आज मात्र मनाइने वीरगञ्जका स्थानीयवासी लक्ष्मण साहले बताए ।

मङ्गलबार बेलुका ५ बजेपछि मात्रै एकम अर्थात् प्रतिपदा सुरु हुने भएकाले आज होली पर्व मनाउन लागेको उनको भनाइ छ । तर कतिपयले भने मङ्गलबार माछामासु बार्ने चलन रहेकाले आज मात्रै होली खेल्ने तर्क गरेका छन् ।

मङ्गलबार बारेको कारणले भन्दा पनि प्रतिपदा तिथि ढिलो गरी सुरु हुने भएकाले एक दिन ढिलो होली मनाउन लागेको साहको कथन छ । यसैबीच, होली पर्वका अवसरमा वीरगञ्जको विभिन्न स्थानमा आज सांस्कृतिक कार्यक्रम तथा कन्सर्टको आयोजना गरिएको छ ।


प्रकाशित मिति: २४ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?