Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

राष्ट्रसङ्घीय महासचिव र युक्रेनका राष्ट्रपतिबीच भेटवार्ता


२४ फागुन, एजेन्सी राष्ट्रसङ्घीय महासचिव महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलिन्स्किीकाबीचमा भेटवार्ता भएको छ । उनिहरुका बीचमा बुधबार युक्रेनको राजधानी सहर किभमा भेटवार्ता भएको राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले जानकारी दिएका छन् ।

राष्ट्रसङ्घीय महासचिव गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटरेस सो भेटवार्ताका लागि बुधबार युक्रेन पुग्ने जानकारी दिएका हुन् । उनले मंगलबार महासचिव गुटरेस पोल्याण्ड रहेको र बुधबार किभ पुगेर भेटवार्ता हुने भएको जानकारी दिएका थिए ।

सो भेटवार्ताका क्रममा युक्रेन र रुसका बीचमा सन् २०२२ को जुलाईमा भएको मल तथा खाद्यान्नको निकासीको सम्झौताका विषयमा कुराकानी हुने अनुमान गरिएको थियो ।

गत वर्षदेखि युक्रेनमा रुसले गरेको आक्रमणका कारण कतिपय आपूर्तिका विषयमा विवाद उत्पन्न भएको छ । खाद्यान्न तथा अन्य आवश्यक कृषि सामग्रीहरुको आपूर्ति हुन नसक्दा विश्व बजारमा नै यसको प्रभाव परिरहेको छ ।


प्रकाशित मिति: २४ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?