Trending
>>   स्वास्थ्य सेवाका कर्मचारीहरुलाई पनि निजामति सेवा विधेयकमा समेट्नुपर्छः सांसद भट्टराई >>   संघीयता कार्यान्वयनमा संघीय निजामती सेवा विधेयक महत्वपूर्ण दस्तावेजः मन्त्री न्यौपाने >>   नेपालको जैविक विविधता संकटमा छः राष्ट्रपति >>   चाँदी आयातमा डलर सटहीको सीमा बढ्यो, अब प्रतिपटक पाँच लाख डलर साट्न पाइने >>   कैलालीमा खुटिया खोलामा डुबेर बालकको मृत्यु >>   तरुण दलले सार्वजनिक गर्‍यो पाँचौ महाधिवेशनको कार्यतालिका >>   बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईको मृत्यु, तीन घाइते >>   आइटी दैनिक जनजीवनका लागि अपरिहार्यः प्रधानमन्त्री ओली >>   आज मिति २०८२ साल भदौ ०२ गते सोमबार,हेर्नूहोस् आजको राशिफल >>   पल्सर स्पोर्ट्स अवार्ड, २०८१ को पिपल्स च्वाइसको मनोनयनमा पाँच खेल विधाका खेलाडी
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

कृषि र पर्यटनलाई प्राथामिकतामा राखिएको मन्त्री आलेको भनाइ


लेखनाथ,कास्की। गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतप्रसाद आलेले यस प्रदेशलाई कृषि र पर्यटन क्षेत्रको रुपमा विकास गर्न लागिएको बताएका छन् ।

नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै मन्त्री आलेले कृषि र पर्यटन क्षेत्रलाई प्राथामिकतामा राखेर सरकारले काम गरिरहेको बताए । उक्त प्रदेशमा पर्यटन र कृषिमा प्रचुर सम्भावना भएकाले सरकारको पहिलो प्राथामिकता राखेको उनको भनाइ रहेको थियो ।

त्यस्तै, मन्त्री आलेले कोरोनाले थला पारेको पर्यटन क्षेत्र केही मात्रामा सुधार हुँदै गरेको अवस्थामा यसको प्रवर्द्धन गर्न प्रदेश सरकारको साथ र सहयोग सधैँ रहने प्रतिबद्धता समेत व्यक्त गरे । “पर्यटन प्रवर्द्धन गर्ने दायित्व पर्यटन व्यवसायीको मात्र नभएर सरकारको पनि हो”, उनले भने, “जतिधेरै पर्यटन भित्र्याउन सक्याँै त्यति नै यस क्षेत्रमा बस्ने व्यक्तिको आयआर्जन बढ्ने छ ।”

पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसार गर्नुपर्ने भन्दै मन्त्री आलेले सरकारको चाहना पनि प्रदेशलाई समृद्धितर्फ अगाडि बढाउने रहेको बताएका छन् । यहाँ पर्यटकीय एवं धार्मिकस्थल प्रशस्त भएकाले स्वदेशी तथा विदेशी पर्यटनको आकर्षण केन्द्र बन्दै गएको बताउँदै उनले पोखरालाई पर्यटन राजधानी घोषणा गर्नुपर्नेमा जोड समेत दिए ।

त्यसैगरी, स्वदेशी तथा विदेशी पर्यटकलाई यातायात सेवा सहज रुपमा उपलब्ध गराउने उ२ेश्यले स्थापना भएको पर्यटन यातायात व्यवसायी सङ्घले प्रभावकारी र पर्यटनमुखी काममा जोड दिनुपर्ने मन्त्री आलेको सुझाव रहेको थियो ।

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पर्यटकलाई सहज रुपमा यातायात सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएका पर्यटक व्यवसायीका सवारीसाधनलाई राज्यले सहज रुपमा सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । त्यस्तै, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटन क्षेत्रमा छ खर्बको लगानी भएको हुँदा पर्यटन प्रवर्द्धनमा तीनै तहका सरकारको ध्यान केन्द्रित हुन जरुरी भएको बताए ।

उक्त सङ्घका केन्द्रीय अध्यक्ष बेदराज बाँस्तोलाले पर्यटन याातायातका साधनमा सरकारले विद्यमान ऐन नियम संशोधन गरी सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाइदिनुपर्नेमा जोड दिएका छन् भने सङ्घका सल्लाहकार सोम थापाले उच्चस्तरको सेवा दिनुपर्ने भएकाले पर्यटन यातायातका साधनलाई सहुलियतपूर्ण ऋणमा खरिद गर्ने व्यवस्था मिलाइदिन आग्रह समेत गरेका छन् ।

सो सङ्घका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको उक्त अधिवेशबाट दुई वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ ।


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?