Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बिजुली बिक्रीबाट आम्दानी हुन थाल्यो : ऊर्जामन्त्री बस्नेत


२३ ,मङ्सिर ,बेनी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल बिजुली बिक्रीबाट आम्दानी गर्ने ठाउँमा पुगेको बताएका छन् । समाजवादी मोर्चा नेपाल म्याग्दीले आज बेनीमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै ऊर्जामन्त्री बस्नेतले यस्तो बताए ।

अबको दुई वर्षभित्र नेपालले बिजुली बिक्रीबाट आम्दानीमात्रै गर्ने र बिजुली खरिद गर्न नपर्ने अवस्था आउने उनले बताए । नेपालबाट गत वर्ष रु १० अर्बको बिजुली बिक्री भएको र २० अर्बको खरिद भएको जानकारी दिँदै मन्त्री बस्नेतले यो वर्ष नेपालले बिजुली बिक्रीबाट आम्दानी गर्ने दाबी गरे ।

“यो वर्ष हालसम्म रु १४ अर्बको विद्युत् बिक्री भइसकेको छ, जेठ र असारसम्म पुग्दा रु १८ अर्बसम्मको हामीले विद्युत् बिक्री गर्ने लक्ष्य राखेका छौँ, यो वर्ष नेपालले बाहिरबाट बढीमा रु १२ अर्बको मात्रै खरिद गरे पुग्छ, हामी यसै वर्षदेखि बिजुली बेचेर आम्दानी गर्ने अवस्थामा पुग्दैछौँ”, मन्त्री बस्नेतले भने ।

म्याग्दीका सबै घरधुरीमा केन्द्रीय विद्युतीकरणको पहुँच पुर्‍याउन आवश्यक बजेट विनियोजन गरेर कार्यक्रम अघि बढेको जानकारी दिँदै मन्त्री बस्नेतले नेपाल अँध्यारोमुक्त बन्ने बाटोमा रहेको बताए । म्याग्दीमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको राहुघाट जलविद्युत् आयोजनमा स्थानीयलाई शेयरको सुनिश्चित गर्नेसमेत उनले प्रतिबद्धता जनाए ।

मन्त्री बस्नेतले मुलुकको आर्थिक अवस्था सुधारको बाटोमा अघि बढेको जिकिरसमेत गरे । “सरकार गठन हुँदाको अवस्था र अहिले धेरै फरक भएको छ, सबै सूचकहरूको विश्लेषण गर्दा मुलुकको आर्थिक अवस्था लयमा फर्कन लागेको देखिएको छ, यो सरकारले गरेको सकरात्मक काम हो”, मन्त्री बस्नेतले भने । उनले व्यापार घाटा न्यूनीकरण, मूल्यवृद्धि नियन्त्रण र रोजगारका अवसर सिर्जना गर्नेतर्फ सरकारले ध्यान केन्द्रित गरेको बताए ।

नेकपा (माओवादी केन्द्र)का उपमहासचिवसमेत रहेका नेता बस्नेतले नेपालको नयाँ संविधानमा समाजवादोन्मुख अर्थव्यवस्थालाई स्वीकार गरेकाले अबको ध्यान समाजवाद निर्माणमा केन्द्रित हुने बताए । उनले समाजवादी मोर्चामा सरकार र सरकार बाहिरका दलसमेत आबद्ध रहेकाले मुलुकमा समाजवाद निर्माण गर्न सरकार, संसद् र सडकबाट रचनात्मक भूमिका खेल्नुपर्ने धारणा राखे ।


प्रकाशित मिति: २३ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?