Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

कोशी प्रदेशमा पहिलोपटक एआई तालिम सुरु


मोरङ । कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि अध्यापन प्रारम्भ गरिएको छ ।मोरङको बूढीगङ्गामा–२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इङसिल विद्यालयले दूरशिक्षा काठमाडौँका प्रशिक्षिकद्वारा शुक्रबरदेखि तालिम सुरु गरेको हो ।

अहिलेको विश्वका परिवेशमा सूचना प्रविधिलगायतका विषयमा स्वदेश र विदेशमा अत्यधिक मागलाई ध्यानमा राखी मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्न एआईसम्बन्धी अध्यापन सुरु गरिएको विद्यालयका उपप्राचार्य जनक ढकालले जानकारी दिए ।

विद्यालयमा अध्ययनरत कक्षा ३ देखि १० सम्मका पाँच सय विद्यार्थीलाई एआईसम्बन्धी अध्यापन गरिने छ । पूर्वाञ्चाल विश्वविद्यालयका सहायक डिन मनोज साह, दूरशिक्षाका प्रतिनिधि कृष्ण भण्डारी र विद्यालयका प्राचार्य परेश पोखरेलले संयुक्तरुपमा शुभारम्भ गर्दै मुलुकलाई आवश्यक पर्ने सूचना प्रविधिका दक्ष जनशक्ति उत्पादनमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

विद्यालयले दूर शिक्षालाई रु १० लाख भुक्तानी गरेको छ भने विद्यार्थीलाई निःशुल्क तालिम दिने व्यवस्था मिलाएको विद्यालयले जनाएको छ । आगामी एक वर्षसम्म दूर शिक्षाले सूचना प्रविधिका ४८ वटा विधामा तालिम सञ्चालन गर्नेछ ।


प्रकाशित मिति: २३ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?