Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

प्रत्यक्ष निर्वाचनमा महिलाका लागि निश्चित सिट आवश्यक : मन्त्री राजभण्डारी


कोसी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले प्रत्यक्ष निर्वाचनमा महिलाका लागि निश्चित सिटको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ । मन्त्रालयले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले महिलालाई संविधानले प्रदान गरेको अधिकार प्राप्त गर्नका लागि निर्वाचन क्षेत्र तथा आरक्षण क्षेत्र निर्धारण गर्न राजनीतिक दलमा दबाब सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री राजभण्डारीले समाजमा तल्लो तहमा प्रविधिमैत्री शिक्षा पहुँच पु¥याउन सके महिलाको समृद्धि र समग्र मुलुकको विकास हुने धारणा राख्नुभयो । कार्यक्रममा कोसी प्रदेशका उपसभामुख सिर्जना दनुवारले शिक्षा, सीप र रोजगारीको माध्यमबाटै आजका महिलालाई नेतृत्व तहमा पु¥याउन सकिने धारणा राख्नुभयो । विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले नगर क्षेत्रमा अहिले पनि ५० प्रतिशतभन्दा बढी महिला जन्मदर्ता र नागरिकताविहीन रहेकाले यसको समाधान हुनुपर्ने बताउनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव वासुदेव दाहाल, प्रदेशसभा सदस्य मीना श्रेष्ठ, मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, सीता शर्मा र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनाललगायतले महिलालाई प्रविधिमैत्री बनाइ अधिकतम आयआर्जन गर्ने बनाउन समाजका हरेक तप्का लाग्नुपर्नेमा जोड दिएका छन् ।

यसअघि मन्त्रालयले आज बिहान निकालेको प्रभातफेरीले नगरको मुख्य क्षेत्र परिक्रमा गरेको थियो । प्रभातफेरीमा मन्त्री भण्डारी, उपसभामुख दनुवार निजामती कर्मचारी, सशस्त्र र नेपाल प्रहरी, विद्यार्थी, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो । सोही अवसरमा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगद पुरस्कार वितरण गरिएको थियो ।


प्रकाशित मिति: २४ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?