Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

मादी नदीमा तटबन्धन निर्माण गरिँदै


तनहुँ। गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत दुई चरणमा तटबन्धन निर्माण भइरहेको छ । व्यास नगरपालिका–६ शिशाघाटदेखि व्यास–५ पाटनसम्म करिब १६ किलोमिटर दूरीमा तटबन्धन निर्माण भइरहेको हो ।

त्यस्तै, गत वर्ष मादी नदीमा आएको बाढीले मानव बस्ती आसपासका क्षेत्र कटान गरी उच्च जोखिम बनाएपछि संरक्षणका लागि तटबन्धन निर्माण थालिएको जिल्लस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।

पहिलो चरणअन्तर्गत सिसाघाटदेखि चिन्तुटारसम्म र दोस्रो चरणअन्तर्गत गौशालादेखि पाटनसम्म नदी नियन्त्रणका लागि तटबन्धनका काम भइरहेको कार्यालयका इन्जिनियर पुष्पराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुवै चरणको गरी हालसम्म ४८ प्रतिशत कार्य प्रगति भएको छ ।

त्यसैगरी, सङ्घ विशेष अनुदान कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशको आर्थिक सहयोगमा निर्माण भएको मादी नदी किनारमा तटबन्धनका काम भइरहेको श्रेष्ठले बताएका छन् । उक्त योजनाको हालसम्म वित्तीय प्रगति ४५ प्रतिशत रहेको छ भने उनका अनुसार विसं २०८१ भदौ ५ गतेभित्र योजना सम्पन्न गर्ने गरी सम्झौता गरी निर्माण अघि बढाइएको हो ।

“नदी कटानले जोखिममा परेका बस्तीलाई प्राथमिकता दिएर काम गरिएको छ”, श्रेष्ठले भने, “तटबन्धन निर्माणपछि स्थानीयवासीले राहतको महसुस गर्नसक्ने छन् ।” अति जोखिम क्षेत्र व्यास नगरपालिकाको वडा नं ३,४,५,६ र १० मा पर्ने मादी नदी नियन्त्रणका लागि निर्माण तीव्र गतिमा भइरहेको कार्यालयका डिभिजन प्रमुख प्रकाश लम्सालले जानकारी दिए । उनका अनुसार चरण–१ का लागि रू आठ करोड ६३ लाख र चरण–२ का लागि रू नौ करोड ३५ लाखमा ठेक्का सम्झौता भएको हो ।

त्यस्तै, गत वर्ष नदीमा आएको बाढीले कटान गरी जिल्लाको सदरमुकाम दमौली बजार उच्च जोखिममा परेपछि किनारमा ग्याबिन वालसहितको बाँध निर्माण गरिएको थियो । समुद्री सतहबाट करिब चार मिटर उचाइको ग्याबिन वाल निर्माणपछि नदी कटान नियन्त्रणमा आई सदरमुकाम संरक्षणमा सहयोग पुगेको पाटन टोल विकास संस्थाका निवर्तमान अध्यक्ष कृष्ण श्रेष्ठले जानकारी दिए ।

बाढीले बस्ती जोखिममा परेपछि रातभर जाग्रम बसेको स्मरण गर्दै उनले भने, “तटबन्धन निर्माण भएपछि स्थानीय बासिन्दा ढुक्क भएका छौँ ।” उहाँका अनुसार नदी कटानले व्यास–६ पाटन क्षेत्रका मात्रै छ सयभन्दा बढी घरधुरी जोखिममा रहेका थिए ।

“समयमै तटबन्धन नगरिएको भए धैरै क्षति भोग्नुपर्ने अवस्था थियो”, श्रेष्ठले भने, “व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेको पहलमा गण्डकी प्रदेशले बजेट विनियोजन गरिदिएपछि नदी किनारमा तटबन्धन निर्माणसँगै राहतको महसुस गरेका छौं ।”


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?