Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

लुम्बिनीमा सकियो जसपाको तीन दिने प्रशिक्षण


काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा), नेपालको लुम्बिनी प्रदेशस्तरीय तीन दिने राजनीतिक तथा वैचारिक प्रशिक्षण सकिएको छ । प्रदेश समितिको आयोजनामा रुपन्देहीको लुम्बिनीमा मंसिर १९ देखि २२ गतेसम्म उक्त प्रशिक्षण भएको हो ।

जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवका अनुसार प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र प्रसाद श्रेष्ठ, रकम चेम्जोङ, केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज राजकिशोर यादव, राजनीतिक समिति सदस्य डा। पुष्पराज राजकर्णिकार, अर्जुन थापा र मनिकर कार्कीले प्रशिक्षण दिएका थिए ।

उक्त प्रदेश अन्तर्गतका केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति, संघीय परिषद् सदस्य, प्रदेश समिति सदस्य, १२ वटै जिल्लाका पदाधिकारी, स्थानीय तहका प्रमुखहरू गरी १२५ जनाको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?