Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

टीकापुर अस्पतालमा विहान आठ बजेदेखि नै ओपिडी सेवा


२२ ,मङ्सिर ,भजनी (कैलाली) । टीकापुर अस्पतालले विहान ८ बजेदेखि नै ओपिडी सेवा सुरु गरेको छ । यसअघि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपिडी सेवा बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

कार्यालय सुरु हुने समयभन्दा अगाडि अस्पतालले ओपिडी सेवा सञ्चालन गरेपछि कर्मचारी र टाढाका बिरामीका लागि सहज भएको छ । विहानैदेखि ओपिडी सुरु भएपछि आफूलाई सहज भएको टीकापुरका सुवर्ण चौधरीले बताए । “आमाको उपचारका लागि कार्यालयमा बिदा लिएर अस्पताल आएको थिए”, उनले भnए “विहान ९ बजे नै आमाको उपचार सकिएपछि बिदा रद्द गरेर कार्यालय जान सकेँ ।”

अस्पतालले बिहानको समयमा ओपिडी सेवा सञ्चालन गर्दा आफूहरुलाई सहज भएको स्थानीय नरबहादुर विष्टले बताए ।

त्यसैगरी लम्कीबाट उपचारका लागि टीकापुर अस्पताल आएकी सीता देवकोटाले पनि ओपिडी सेवा विहानै सुरु भएकाले धेरै समय कुर्नु नपरेको बताईन् । “यसअघि आउँदा दिनभरी पालो कुर्दै बस्नु परेको थियो, विहानैदेखि ओपिडी सुरु भएपछि यसपाली दिनभर बस्नु परेन, उपचार पनि समयमै भयो”, उनले भनिन् ।

अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले ओपिडी सेवाको समय बढाउने निर्णय यसअघि नै गरेको बताए । नाम दर्ताका लागि अस्पताल पुग्ने व्यक्ति उपचार नगरी घर नफर्किओस भन्ने उद्देश्यले ओपिडी सेवा विहानैदेखि सुरु गरिएको उनले बताए ।

“सेवाग्राहीहरुले विहान नाम दर्ता गरेर घर फर्कने र फेरि उपचारका लागि आउनु पर्ने बाध्यता थियो, बाहिरबाट आउने सेवाग्राहीले पनि लामो समय कुर्नुपर्ने अवस्था थियो”, उनले भने, “सेवाग्राहीको भिडभाड कम होस्, सबैले सर्वसुलभ सेवा पाउन भनेर ओपिडी सेवा विहानैदेखि सुरु गरिएको हो ।”

अस्पतालले जेष्ठ नागरिकहरूका लागि शनिबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्म ओपिडी सेवा उपलब्ध गराउँदै आएको छ । हाल अस्पतालमा हाल २० जना चिकित्सकले सेवा दिइरहेका छन् ।

अस्पतालले मृगौलाको डायलासिस सेवा सञ्चालनको प्रक्रिया अघि बढाएको छ । “डायलासिस सेवा सञ्चालनका लागि उपकरण आइसकेको छ । अब त्यसको जडान र जनशक्ति व्यवस्थापनको कुरा मात्रै बाँकी छ”, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राईले भने, “सम्भवत केही महिनामै डायलासिस सेवा सञ्चालन हुन्छ ।”


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?