Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

‘११:५५’ निर्माण घोषणा


२१ ,मङ्सिर ,काठमाडौँ । नेपाली चलचित्र ‘११ः५५’ निर्माणको घोषणा गरिएको छ । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै केशव पाण्डेको कथा र निर्देशनमा तयार हुने चलचित्रमा महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, सागर खनाल, करिष्मा श्रेष्ठ, विशाल पहारी, बुद्धि तामाङ, एमएस अग्रजलगायतका कलाकारले अभिनय गर्ने जानकारी गराइएको हो ।

कलाकारसँगै पटकथा लेखकसमेत रहेका अग्रजले नेपाली चलचित्रमा केही फरक गर्ने प्रयास गरिएको बताए । उनले भने, “क्राइम, सस्पेन्स र थ्रिलर विधालाई मिश्रण गरेर चलचित्रको पटकथा तयार भएको छ । अहिले आइरहेको भन्दा फरक गर्ने प्रयासमा यो समूह तयार गरिएको छ ।”

यसै चलचित्रमार्फत निर्देशकीय यात्रा प्रारम्भ गर्न लाग्नुभएका निर्देशक पाण्डेले आफूलाई राम्रो दर्शकको रूपमा परिचय गराए । “म धेरै चलचित्र हेर्छु । विगत दुई दशकदेखि चलचित्र निर्माण गर्ने योजनाअनुरुप आफूलाई तयार गरिरहेको थिएँ”, निर्देशक पाण्डेले भने, “यसमा कलाकारलाई नभई पात्रलाई दर्शकले स्मरण गर्नुहुनेछ । यसको हिरो नै कलाकार नभई कथा हो ।”

अभिनेता महेश त्रिपाठीले पछिल्ला चलचित्रमा निर्वाह गरेको भूमिकाभन्दा भिन्न पात्र र विधा भएकाले सहकार्य सम्भव भएको बताए । “यसको विषयवस्तुमा नयाँपन हुनुका साथै कलाकारलाई दिइएको पात्र फरक छ । निर्देशक वा निर्माण समूह नयाँ देखिए पनि काम अनुभवीभन्दा कम छैन”, अभिनेता त्रिपाठीले भने ।

अभिनेत्री श्रेष्ठले छायाँकन अगाडि भएको कार्यशालाले पात्रलाई जीवन्त बनाउन मद्दत गरेको बताईन् । “मैले कथा पढ्दा नै अगाडि के होला ? भन्ने जिज्ञासा हुन्थ्यो । आफ्नो भूमिकामार्फत अभिनय क्षमता देखाउने प्रशस्तै अवसर छ । यसले मेरो करिअरमा नयाँ आयाम थप्नेमा विश्वस्त छु”, अभिनेत्री श्रेष्ठले भनिन् ।

यसै चलचित्रमार्फत अभिनय यात्राको प्रारम्भ गर्न लागेका अभिनेता सागर खनालले चलचित्रसम्बन्धी अध्ययनका क्रममा सिकेका विषय अभिनयमार्फत पर्दामा ल्याउने बताए ।

उनले भने, “चलचित्रकै विद्यार्थी भएकाले यो अवसरलाई पूर्णरूपमा सदुपयोग गर्ने छु । हामीजस्ता नयाँलाई काम देखाउने अवसर दिनुभएकामा कृतज्ञ छु । चलचित्रकर्मीले पुरानासँगै नयाँलाई अवसर दिएमा मात्र नयाँ प्रतिभा भित्रिने छन् ।”

विचित्र फिल्म्सको निर्माण तथा गुड जब आर्टस्को सहकार्यमा बन्ने चलचित्रको छायाँकन शनिबार बेलुकी ११ः५५ बजेदेखि सुरु गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

चलचित्रमा प्रद्युम्न मिश्रले छायाँकन, पासाङदावा शेर्पाले सम्पादन, अल्मोडा राना उप्रेती र कुशल आचार्यले सङ्गीत, कविराज गहतराजले नृत्य निर्देशन, देव महर्जनले द्वन्द्व निर्देशन र सुवासराज काफ्लेले प्रोडक्सन डिजाइनरको भूमिका निर्वाह गर्नेछन् । यसको छायाँकन तालिका ३५ दिन राखिएको छ ।


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?