Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

मुख्यमन्त्री शाह र ऊर्जा मन्त्री बस्नेतबीच भेटवार्ता


काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका विषयमा काठमाडौंमा छलफल भएको बताइएको छ । ४००केभी पश्चिम सेती (बझाङ-बनलेक-दोधारा) लाइन छिनो निर्माण गर्न निर्देशन दिने विषयमा पनि छलफल भएको मुख्यमन्त्री कार्यालयको सचिवालयले जानकारी दिएको छ ।

ऊर्जा मन्त्रालय अन्तर्गतको कम्पनी राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले अध्ययन गरिरहेको र यो प्रसारण लाइन भारतीय एक्जिम बैङ्कको ऋण सहयोग निर्माण गर्ने सहमति भएको छ । उक्त प्रसारण लाइन निर्माण पछि समग्र सुदूरपश्चिम प्रदेश को विकासले गति पाउने अपेक्षा गरिएको छ ।

त्यस्तै, अन्तर्देशीय ४०० केभी लम्की-बरेली प्रसारण लाइन को निर्माण छिटो अगाडि बढाउन, बेतान कर्णाली जलविद्युत परियोजनालाई समयमै निर्माण गर्ने विषयमा छलफल भएको हो । मन्त्री बस्नेतले छलफलमा उठेका विषयहरूलाई गम्भीर रूपमा लिएको र आवश्यक निर्देशन दिने बताएका थिए ।

उक्त बिद्युत् विकास विभागद्वारा निर्माण भइरहेको बुढीगंगा जलविद्युत आयोजनाको लागि निर्माण गर्नु पर्ने बुढीगंगा पहलमानपुर १३२ केभी प्रसारण लाइन को निर्माण अगाडी बढाउने विषयमा पनि छलफल भएको छ ।

 


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?