Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मुख्यमन्त्री शाह र ऊर्जा मन्त्री बस्नेतबीच भेटवार्ता


काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका विषयमा काठमाडौंमा छलफल भएको बताइएको छ । ४००केभी पश्चिम सेती (बझाङ-बनलेक-दोधारा) लाइन छिनो निर्माण गर्न निर्देशन दिने विषयमा पनि छलफल भएको मुख्यमन्त्री कार्यालयको सचिवालयले जानकारी दिएको छ ।

ऊर्जा मन्त्रालय अन्तर्गतको कम्पनी राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले अध्ययन गरिरहेको र यो प्रसारण लाइन भारतीय एक्जिम बैङ्कको ऋण सहयोग निर्माण गर्ने सहमति भएको छ । उक्त प्रसारण लाइन निर्माण पछि समग्र सुदूरपश्चिम प्रदेश को विकासले गति पाउने अपेक्षा गरिएको छ ।

त्यस्तै, अन्तर्देशीय ४०० केभी लम्की-बरेली प्रसारण लाइन को निर्माण छिटो अगाडि बढाउन, बेतान कर्णाली जलविद्युत परियोजनालाई समयमै निर्माण गर्ने विषयमा छलफल भएको हो । मन्त्री बस्नेतले छलफलमा उठेका विषयहरूलाई गम्भीर रूपमा लिएको र आवश्यक निर्देशन दिने बताएका थिए ।

उक्त बिद्युत् विकास विभागद्वारा निर्माण भइरहेको बुढीगंगा जलविद्युत आयोजनाको लागि निर्माण गर्नु पर्ने बुढीगंगा पहलमानपुर १३२ केभी प्रसारण लाइन को निर्माण अगाडी बढाउने विषयमा पनि छलफल भएको छ ।

 


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?