Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार

‘एनसेल सेयर कारोबारको वैद्यता खोजिनुपर्छ’


२१ , मङ्सिर ,काठमाडौँ । वरिष्ठ अधिवक्ता प्रा डा गान्धी पण्डितले एनसेलको सेयर खरिद–बिक्री प्रकरणबारे कानुनी र प्रक्रियागत वैद्यता खोजिनुपर्ने बताएका छन् ।

एनसेलको सेयर खरिद–बिक्री प्रकरणको वास्तविकता र कानुनी पक्षका विषयमा काठमाडौँमा हिजो आयोजित एक कार्यक्रममा उनले नेपाल दुरसञ्चार प्राधिकरणले एनसेललाई कारोबारको लेनदेन सम्बन्धमा के कसो भएको हो भनेर चिठ्ठी लेख्नुपर्ने बताए ।

पण्डितले भने, “यदि छानबिनबाट अहिले खुलाइएको भन्दा बढी रकममा बेचेर वास्तविकता लुकाइएको भए कारबाहीको घेरामा ल्याउनुपर्छ ।” एनसेलले कमाएको नाफामा कर तिरे नतिरेको, लगानीकर्तालाई लाभांश वितरण गरे नगरेको र विदेशमा नाफा लिए नलिएकोबारे नियामकलगायत निकायहरू स्पष्ट हुनपर्ने उनको भनाइ छ ।

त्यस्तै, एनसेलको सेयर खरिद–बिक्री विद्यमान कानुनी प्रक्रियाभित्र भएको हो वा होइन भनेर सम्बन्धित निकाय स्पष्ट हुनुपर्ने पनि डा गान्धीले बताए । “कुनै पनि कम्पनीले सेयर बेच्न पाउँछ, तर बेच्नु अगाडि नियामक दुरसञ्चार प्राधिकरणसँग स्वीकृत लिनुपर्छ । विदेशी लगानीकर्ताले उद्योग विभागबाट स्वीकृत लिनुपर्छ”, उनले भने ।

सन् २०१६ मा एनसेलको तत्कालीन माउ कम्पनी स्वीडेनको टेलियासोनेराले मलेसियन कम्पनी आजियाटा कम्पनीलाई रु एक खर्ब ४४ अर्ब सात करोड अर्थात् अमेरिकी डलर एक अर्ब ३६ करोड ५० लाखमा बिक्री गरेको थियो ।

तर अहिले आजियाटाले स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर अर्थात् रु साढे छ अर्बमा बिक्री गरेको विवरण सार्वजनिक गरेको छ । निकै कम रकममा भएको यो कारोबारको शंकास्पद देखिन्छ ।

एनसेलबाट आजियटा कम्पनी निस्केर जाँदा यसले नेपालको वैदेशिक लगानीका क्षेत्रमा पर्न सक्ने विषयबारे पनि डा गान्धीले सरकारको ध्यानकार्षण गराए ।

“अहिले आजियटा निस्केको विषय वैदेशिक लगानी प्रवद्र्धनका हिसाबले पनि गम्भीर छ । उसले सेयर मात्र बेचेर गएन, नेपालमा लगानी गर्ने वातावरण राम्रो छैन, भ्रष्टाचार पेचिलो छ भन्ने आरोपसमेत लगाएको छ । यो नेपालको लागि गम्भीर विषय हो”, उनले भने, “नेपालमा लगानीमैत्री वातावरण छ । विदेशी लगानीकर्तालाई निष्पक्ष, स्वतन्त्ररुपमा काम गर्न दिन्छौँ तर नेपालको संविधान, कानुन मिच्न पाइँदैन भन्ने सन्देश दिन आवश्यक छ ।”


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?