Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

‘एनसेल सेयर कारोबारको वैद्यता खोजिनुपर्छ’


२१ , मङ्सिर ,काठमाडौँ । वरिष्ठ अधिवक्ता प्रा डा गान्धी पण्डितले एनसेलको सेयर खरिद–बिक्री प्रकरणबारे कानुनी र प्रक्रियागत वैद्यता खोजिनुपर्ने बताएका छन् ।

एनसेलको सेयर खरिद–बिक्री प्रकरणको वास्तविकता र कानुनी पक्षका विषयमा काठमाडौँमा हिजो आयोजित एक कार्यक्रममा उनले नेपाल दुरसञ्चार प्राधिकरणले एनसेललाई कारोबारको लेनदेन सम्बन्धमा के कसो भएको हो भनेर चिठ्ठी लेख्नुपर्ने बताए ।

पण्डितले भने, “यदि छानबिनबाट अहिले खुलाइएको भन्दा बढी रकममा बेचेर वास्तविकता लुकाइएको भए कारबाहीको घेरामा ल्याउनुपर्छ ।” एनसेलले कमाएको नाफामा कर तिरे नतिरेको, लगानीकर्तालाई लाभांश वितरण गरे नगरेको र विदेशमा नाफा लिए नलिएकोबारे नियामकलगायत निकायहरू स्पष्ट हुनपर्ने उनको भनाइ छ ।

त्यस्तै, एनसेलको सेयर खरिद–बिक्री विद्यमान कानुनी प्रक्रियाभित्र भएको हो वा होइन भनेर सम्बन्धित निकाय स्पष्ट हुनुपर्ने पनि डा गान्धीले बताए । “कुनै पनि कम्पनीले सेयर बेच्न पाउँछ, तर बेच्नु अगाडि नियामक दुरसञ्चार प्राधिकरणसँग स्वीकृत लिनुपर्छ । विदेशी लगानीकर्ताले उद्योग विभागबाट स्वीकृत लिनुपर्छ”, उनले भने ।

सन् २०१६ मा एनसेलको तत्कालीन माउ कम्पनी स्वीडेनको टेलियासोनेराले मलेसियन कम्पनी आजियाटा कम्पनीलाई रु एक खर्ब ४४ अर्ब सात करोड अर्थात् अमेरिकी डलर एक अर्ब ३६ करोड ५० लाखमा बिक्री गरेको थियो ।

तर अहिले आजियाटाले स्पेक्ट्रलाइट युके लिमिटेडलाई पाँच करोड अमेरिकी डलर अर्थात् रु साढे छ अर्बमा बिक्री गरेको विवरण सार्वजनिक गरेको छ । निकै कम रकममा भएको यो कारोबारको शंकास्पद देखिन्छ ।

एनसेलबाट आजियटा कम्पनी निस्केर जाँदा यसले नेपालको वैदेशिक लगानीका क्षेत्रमा पर्न सक्ने विषयबारे पनि डा गान्धीले सरकारको ध्यानकार्षण गराए ।

“अहिले आजियटा निस्केको विषय वैदेशिक लगानी प्रवद्र्धनका हिसाबले पनि गम्भीर छ । उसले सेयर मात्र बेचेर गएन, नेपालमा लगानी गर्ने वातावरण राम्रो छैन, भ्रष्टाचार पेचिलो छ भन्ने आरोपसमेत लगाएको छ । यो नेपालको लागि गम्भीर विषय हो”, उनले भने, “नेपालमा लगानीमैत्री वातावरण छ । विदेशी लगानीकर्तालाई निष्पक्ष, स्वतन्त्ररुपमा काम गर्न दिन्छौँ तर नेपालको संविधान, कानुन मिच्न पाइँदैन भन्ने सन्देश दिन आवश्यक छ ।”


प्रकाशित मिति: २१ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?