Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

राष्ट्र बैंकले एक वर्षको नाफा मध्ये २५ अर्ब सरकारलाई दिने


काठमाडौं। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मुनाफाबाट नेपाल सरकारलाई २५ अर्ब दिने भएको छ । आर्थिक वर्ष (आ.व) २०७९/८० को बाह्य लेखापरीक्षकबाट लेखापरीक्षण भएको वार्षिक प्रतिवेदन सञ्चालक समितिको बैठकले पारित गर्दै उक्त निर्णय गरेको हो ।

उक्त बैठकले बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्ट्याउनु पर्ने रकम विनियोजन गरी बाँकी बचत रकम २५ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ भने गत आर्थिक वर्षमा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार नाफा कमाएको राष्ट्र बैंकले विभिन्न कोषमा रकम छुट्टाएर २५ अर्ब रुपैयाँ नेपाल सकारलाई हस्तान्तरण गर्ने भएको हो ।

त्यस्तै, आर्थिक वर्ष २०७८र७९ मा ६१ अर्ब ९८ करोड ७ लाख १३ हजार नाफा कमाएकोमा गत आर्थिक वर्षमा केन्द्रीय बैंकको नाफा पनि बढेको हो । आर्थिक वर्ष २०७९/८० मा नेपाल राष्ट्र बैंकको जम्मा खुद सञ्चालन आम्दानी अघिल्लो वर्षको तुलनामा ८६।५७ प्रतिशतले वृद्धि भई ६६ अर्ब ९२ करोड ७१ लाख ३३ हजार कायम भएको छ भने अब २०७८/७९ मा यस्तो आम्दानी ३५ अर्ब ८७ करोड २१ लाख ४७८ हजार थियो ।

उक्त राष्ट्र बैंकको खुद सञ्चालन आम्दानीमा खुद ब्याज आम्दानीको अंश ९३.४९ प्रतिशत, विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी ३.६३ प्रतिशत र अन्य सञ्चालन आम्दानीको अंश २.८८ प्रतिशत रहेको छ भने खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ८६.०९ प्रतिशतले वृद्धि भई ६२ अर्ब ५७ करोड २५ लाख ४८ हजार कायम भएको छ । त्यस्तै, विदेशी विनिमय खरिद बिक्रीबाट हुने आम्दानी १९।७६ प्रतिशतले वृद्धि भई २ अर्ब ४३ करोड २६ लाख कायम भएको छ । त्यसैगरी, अन्य आम्दानी १ अर्ब ९२ करोड १९ लाख ८३ हजार कायम भएको छ ।

आर्थिक वर्ष २०७९/८० को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्यांकन लाभरहानि समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा ११२.८१ प्रतिशतले वृद्धि भई ६० अर्ब ४८ करोड २४ लाख ०१ हजार कायम भएको छ भने यस्तो खुद आय आर्थिक वर्ष २०७८र७९ मा २८ अर्ब ४२ करोड ७ लाख ६८ हजार रहेको थियो ।

त्यस्तै, विदेशी विनिमय पुनर्मूल्यांकन लाभ १० अर्ब ९० लाख २९ हजार र सुन९चाँदीको पुनर्मूल्यांकन लाभ १७ अर्ब ११ करोड २३ लाख १५ हजार सहित कुल नाफा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार पुगेको केन्द्रीय बैकले जनाएको छ ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?