Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बिमा प्रतिको विश्वसनीयता बढाउनुपर्नेमा मुख्यमन्त्री चौधरीको जोड


दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिमा सेवाको विश्वसनीयता बढाउनु पर्ने अवस्था आएको बताएका छन् ।

विश्वसनीयता बढे मात्रै पनि यसको महत्त्व र आवश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले बिमामा गुमिरहेको विश्वास फर्काउनुपर्ने बताएका छन् । नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेश सरकार र बिमा प्राधिकरणबीचको अन्तरक्रिया तथा छलफल कार्यक्रममा मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् ।

उक्त कार्यक्रममा सहभागीहरू बिमा भुक्तानीमा समस्या र झन्झेट हुने गरेकोले भुक्तानीमा सहजता ल्याउन आग्रह गरेका थिए । उनीहरूले कोरोना बिमाको रकम अहिलेसम्ममा पनि भुक्तानी नभएको गुनासो समेत गरेका थिए । कोरोनापछि बिमा कम्पनीहरूको विश्वास गुम्दै गएको भन्दै अब विश्वसनीयता बढाउन सके प्रदेश सरकारले समेत आवश्यकता अनुसार बिमा नीति बनाउने जानकारी दिएका थिए ।

सो कार्यक्रममा सहभागीहरू बिमा भुक्तानीमा समस्या र झन्झेट हुने गरेकोले भुक्तानीमा सहजता ल्याउन आग्रह गरेका थिए । उनीहरूले कोरोना बिमाको रकम अहिलेसम्ममा पनि भुक्तानी नभएको गुनासो समेत गरेका थिए ।

त्यसैगरी कृषिमाबाली बिमा गर्नुपर्ने, पूर्वाधारको बिमा गर्दा सहज हुनुपर्ने र जीवन बिमामा भुक्तानीमा छिटो-छरितो गरिनुपर्ने सुझाव दिएका थिए ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?