Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

एउटै शौचालयका लागि छुट्याएको पाँच करोड बजेट कटौती गर्छौं : मन्त्री उप्रेती


विराटनगर। एउटै शौचालय निर्माणका पाँच करोड विनियोजन गरेपछि आलोचित बनेको कोशी प्रदेश सरकारले सो बजेट कटौती गर्ने भएको छ ।

इलामको श्रीअन्तुमा शौचालय निर्माणका लागि कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । सो बजेट कटौती गर्ने तयारी भएको कोशी प्रदेशकमा पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले बताएका छन् ।

त्यस्तै, मुख्यमन्त्री केदार कार्कीले बजेटबारे उठेका प्रश्नको प्रदेशसभामा जवाफ दिने क्रममै कानुनको सुविधा प्रयोग गरेर बजेट कटौती गर्ने बताएका थिए भने आइतबार मन्त्रालयको जिम्मेवारी सम्हालेका उप्रतीले शौचालयको बजेट कटौती गरी इलामकै पर्यटकीय क्षेत्रमा खर्च गरिने बताए ।

त्यस्तै, मन्त्री उप्रेतीले शौचालय निर्माण शीर्षकमा छुट्टिएको ५ करोड रकममध्ये ५० लाख मात्र सोही प्रयोजनमा खर्च गर्ने बताए भने बाँकी रकम इलामकै पर्यटकीय क्षेत्रमा लगानी गर्ने तयारी भएको जानकारी दिएका छन् ।


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?