Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

एउटै शौचालयका लागि छुट्याएको पाँच करोड बजेट कटौती गर्छौं : मन्त्री उप्रेती


विराटनगर। एउटै शौचालय निर्माणका पाँच करोड विनियोजन गरेपछि आलोचित बनेको कोशी प्रदेश सरकारले सो बजेट कटौती गर्ने भएको छ ।

इलामको श्रीअन्तुमा शौचालय निर्माणका लागि कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । सो बजेट कटौती गर्ने तयारी भएको कोशी प्रदेशकमा पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले बताएका छन् ।

त्यस्तै, मुख्यमन्त्री केदार कार्कीले बजेटबारे उठेका प्रश्नको प्रदेशसभामा जवाफ दिने क्रममै कानुनको सुविधा प्रयोग गरेर बजेट कटौती गर्ने बताएका थिए भने आइतबार मन्त्रालयको जिम्मेवारी सम्हालेका उप्रतीले शौचालयको बजेट कटौती गरी इलामकै पर्यटकीय क्षेत्रमा खर्च गरिने बताए ।

त्यस्तै, मन्त्री उप्रेतीले शौचालय निर्माण शीर्षकमा छुट्टिएको ५ करोड रकममध्ये ५० लाख मात्र सोही प्रयोजनमा खर्च गर्ने बताए भने बाँकी रकम इलामकै पर्यटकीय क्षेत्रमा लगानी गर्ने तयारी भएको जानकारी दिएका छन् ।


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?