Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

आज मिति २०७९ साल फागुन २४ गते बुधबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०७९ साल फागुन २४ गते बुधबार । आजको राशीफल यस प्रकार छ।

मेष – आम्दानीको श्रोत बढ्नाले आर्थिक समस्या टर्नेछ । नोकरीमा लाभ एवं राजनीतिबाट फाइदा हुनुका साथै खर्च बढ्ने र पारीवारिक समस्या हुने देखिन्छ ।

वृष– ठूलाबडाबाट आश्वासनका साथै प्रद प्रतिष्ठामा वृद्धि हुने देखिन्छ । आकश्मिक लाभ प्रियजन भेटघाट र आफन्तबाट फाइदा मिल्नेछ ।

मिथुन – भाग्यले साथ दिनाले अधुरा काम बन्नेछन् । राजनीतिक फाइदा र जिम्मेवारी एवं आत्म प्रशंसा बढ्ने देखिन्छ ।

कर्कट– प्रेमीप्रेमिकाबीच सम्बन्ध सुध्रिनेछ । अपमान आउन नसक्ला भन्न सकिन्न । भ्रमणकाे अवसर मिल्ने संभावना छ । स्वास्थ्यको समस्याले खर्च बढ्ने देखिन्छ ।

सिंह– शत्रुहरुबाट बच्नुपर्ने देखिन्छ । स्वास्थ्यमा भने सुधार हुनेछ । स्त्रीबाट सहयोग मिल्नेछ । वैवाहिक कुराकानी चल्नेछ । दिनको अन्त्यमा तनाव बढ्ने र गरेको काम बिग्रिन सक्छ ।

कन्या– मुद्दामामिलामा आफ्नो पक्षमा काम हुनेछ । आलोचकहरु तह लाग्नेछन् । सानो यात्रा र आफन्तजनसँग भेटघाट हुनेछ । विद्यामा सफलता मिल्नेछ । सन्ततिबाट सहयोग पाइनेछ ।

तुला– पारीवारिक समस्याले सताउनेछ । घरायसी मनमुटाव बढ्नेछ । मनमा अशान्ति एवं तनावले पिरोल्नेछ । सन्तानको चिन्ताले खर्च बढ्नेछ । व्यापारमा भने फाइदा हुनेछ ।

वृश्चिक– काम अधुरा रहन सक्लान्। घरायसी झन्झट बढ्नेछ । धन प्राप्तिको योग छ । सन्तानबाट सुख बढ्ने र बौद्धिक क्षमता बढ्नेछ । उत्साह बढ्नेछ । दाजुभाईबाट फाइदा मिल्नेछ ।

धनु – मीठो भोजनको अवसर मिल्नेछ । आफन्तबाट सहयोग पाइनेछ । छाेटाे यात्रा हुनेछ । मनमा अशान्ति तथा पारीवारिक झै झगडा हुनेछ । पारीवारिक भेटघाट हुनेछ । अचानक धन सम्पति प्राप्ति हुनेछ ।

मकर – काममा सन्तुष्टि मिल्दैन । खर्च बढ्नेछ । शरीरमा कमजोरीपन आउनेछ । केही सरसामान हराउन सक्ने तथा यात्रामा झन्झट आउनेछ । प्रेममा मनमुटाव आउनेछ ।

कुम्भ – धनको चिन्ता हुनेछ । आफन्तबाट धोका मिल्नेछ । पारीवारिक सुख एवं व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । आर्थिक सहयोग पाइनेछ । स्वास्थ्यमा समस्या आउने देखिन्छ ।

मीन – मनमा द्विविधा बढ्नाले काम अधुरो रहनेछ । राजनीतिमा सफलता मिल्ने तथा नोकरीमा पदोन्नतिको सम्भावना एवं गरेको काममा प्रशंसा मिल्नेछ ।


प्रकाशित मिति: २४ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?