Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने कांग्रेसको एजेण्डा पारित


काठमाडौं। नेपाली कांग्रेस लुम्बिनी प्रदेशको पहिलो सम्मेलनले निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने एजेण्डा पारित गरेको छ ।

‘निर्वाचनमा हामी आफैँ लड्ने हो, तालमेल गर्ने छैनौँ’, पहिलो सम्मेलनपछि बुटवलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी सभापति अम्मरसिंह पुनले भने, ‘कांग्रेसले आगामी निर्वाचनमा कसैसँग तालमेल गर्दैन । एक्लै लड्छ, यो एजेण्डा आसन्न कांग्रेस महासमिति बैठकमा पनि लैजाँदैछौं ।’

त्यस्तै, मुलुक सङ्घीयतामा गएको लामो समय भए पनि अधिकार प्रत्यायोजन नभएको काँग्रेस लुम्बिनीको निष्कर्ष छ भने सङ्घीयताबारे पनि आवश्यक छलफल गर्नुपर्ने सम्मेलनको निचोड छ । ‘केन्द्रले अधिकार नदिएपछि त्यसको मर्म, भावना र उद्देश्यअनुसार काम हुन सकेको छैन । त्यसैले यो विषयमा पनि अब छलफल गर्नुपर्छ’, प्रदेश सभापति पुनले भने ।

उनका अनुसार सम्मेलनले संघीय र प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन सरकारमा जाने व्यक्तिहरूलाई ‘ड्रिम प्रोजेक्ट’का आधारमा छनोट गर्नुपर्ने एजेण्डा अघि सारेको छ ।


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?