Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने कांग्रेसको एजेण्डा पारित


काठमाडौं। नेपाली कांग्रेस लुम्बिनी प्रदेशको पहिलो सम्मेलनले निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने एजेण्डा पारित गरेको छ ।

‘निर्वाचनमा हामी आफैँ लड्ने हो, तालमेल गर्ने छैनौँ’, पहिलो सम्मेलनपछि बुटवलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी सभापति अम्मरसिंह पुनले भने, ‘कांग्रेसले आगामी निर्वाचनमा कसैसँग तालमेल गर्दैन । एक्लै लड्छ, यो एजेण्डा आसन्न कांग्रेस महासमिति बैठकमा पनि लैजाँदैछौं ।’

त्यस्तै, मुलुक सङ्घीयतामा गएको लामो समय भए पनि अधिकार प्रत्यायोजन नभएको काँग्रेस लुम्बिनीको निष्कर्ष छ भने सङ्घीयताबारे पनि आवश्यक छलफल गर्नुपर्ने सम्मेलनको निचोड छ । ‘केन्द्रले अधिकार नदिएपछि त्यसको मर्म, भावना र उद्देश्यअनुसार काम हुन सकेको छैन । त्यसैले यो विषयमा पनि अब छलफल गर्नुपर्छ’, प्रदेश सभापति पुनले भने ।

उनका अनुसार सम्मेलनले संघीय र प्रदेश सरकारलाई मितव्ययी र प्रभावकारी बनाउन सरकारमा जाने व्यक्तिहरूलाई ‘ड्रिम प्रोजेक्ट’का आधारमा छनोट गर्नुपर्ने एजेण्डा अघि सारेको छ ।


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?