Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी


गोरखा। उत्तरी गोरखाको सिर्दीबास डिपोमा खच्चडबाट ढुवानी गरेर बिक्रीका लागि ढुवानी अनुदानको चामल पुर्‍याइएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि सिर्दीबास डिपोका लागि चामल ढुवानी गर्न थालेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिएका छन् । “सदरमुकामस्थित कम्पनीको शाखा कार्यालयबाट दोभानसम्म मिनिट्रक र दोभानबाट सिर्दीबास डिपोसम्म खच्चडले ढुवानी गर्न थालेको छ”, उनले भने, “सिर्दीबास डिपोमा चामल ढुवानीका लागि दूधपोखरी निर्माण सेवासँग कम्पनीले ठेक्का सम्झौता गरेको छ ।” चालु आवका लागि अहिलेसम्म ६७ क्विन्टल चामल सिर्दीबास डिपोमा पुर्‍याइ सकिएको सूचना अधिकारी सुनारले जानकारी दिएका छन् ।

उक्त कम्पनीले चालु आवमा सिर्दीबास डिपोका लागि एक हजार क्विन्टल, माछाखोला डिपो, नामरुङ बिक्री केन्द्र र चुम्लिङ बिक्री केन्द्रका लागि पाँच/पाँच सय क्विन्टल चामलको ढुवानी कोटा निर्धारण गरेको छ । “सिर्दीबासमा चालु आवमा पहिलोपटक चामल पु¥याइएको हो”, उनले भने, “पहिलो लटमा सिर्दीबास डिपोका लागि ६७ क्विन्टल स्टिम जिरा मसिनो चामल पुर्‍याइएको हो ।” कम्पनीले गोरखा बजारदेखि सिर्दीबास डिपो र नाम्रुङ बिक्री केन्द्रको लागि चामल ढुवानी गर्न दूधपोखरी निर्माण सेवा एण्ड सप्लायर्ससँग ठेक्का सम्झौता गरेको छ भने चुम्लिङ बिक्री केन्द्र र माछाखोला डिपोका लागि लिलिएन घले कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको उनले जानकारी दिएका छन् ।

त्यस्तै, विकटमा रहेको खाद्य डिपो र बिक्री केन्द्रमा समयमै चामल पु¥याउनका लागि छिट्टै ढुवानी गर्न सुरु गरिएको सूचना अधिकारी सुनारको भनाइ रहेको छ भने खाद्य कम्पनीले सिर्दीबास डिपोबाट बिक्रीका लागि सोना मन्सुली चामल प्रतिकिलो रु ५६, स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ८८ मा मूल्य निर्धारण गरेको छ । त्यस्तै माछाखोला डिपोबाट बिक्रीका लागि सोना मन्सुली चामल प्रतिकिलो रु ५४, स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ८८ र नामरुङ बिक्री केन्द्रबाट सोना मन्सुली चामल प्रतिकिलो रु ६५, स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ९१ मूल्य तोकेको छ ।

चुम्लिङमा रहेको बिक्री केन्द्रबाट सोना मन्सुली चामल प्रतिकिलो रु ६५ र स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ९० मा बिक्री गर्ने गरी मूल्य निर्धारण भएको कम्पनीले जनाएको छ भने कम्पनीले नामरुङ र चुम्लिङ बिक्री केन्द्रमा पनि तत्कालै चामल ढुवानी गर्नका लागि ठेकेदार कम्पनीसँग छलफल गरिरहेको सूचना अधिकारी सुनारले बताए ।


प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?