Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

कतारमा नयाँ प्रधानमन्त्री र गृहमन्त्री नियुक्त


२३ फागुन, एजेन्सी। कतारका अमिरले देशका एक जना शीर्ष कूटनीतिज्ञलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । साथै उनले अर्का एक जनालाई गृहमन्त्री बनाएका छन् ।

अमिरको कार्यालयका अनुसार शेख तमिम बिन हमाद अल थानीले प्रधानमन्त्री तथा शेख खालिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीले गृहमन्त्रीबाट दिएको राजीनामा अमिरले स्वीकृत गरेका छन् ।

विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । उनले नियुक्तपछिको केही घण्टामै पद तथा गोपनीयताको शपथ लिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

गत वर्ष यहाँ आयोजित विश्वकप फुटबल प्रतियोगिताका निम्ति गठित सरकारी सुरक्षा समितिको नेतृत्व गर्नुभएका शेख खलिफा बिन हमाद बिन खलिफा अल थानी गृहमन्त्रीमा नियुक्त भएका छन् । उनले लेखविया आन्तरिक सुरक्षा बलमा पनि सेवा गरेका थिए ।

बयालीस वर्षीय नवनियुक्त प्रधानमन्त्री अब्दुलरहमान अल थानी अर्थशास्त्री हुन् । कतारी अमिरको उमेर पनि उनकै हाराहारीमा छ । गृहमन्त्री पनि उनिहरूकै समकालीन हुन् । ५५ वर्षका पूर्वप्रधानमन्त्री सन् २०२० को जनवरीदेखि सरकार प्रमुख थिए ।

केन्द्रीय बैंकका गभर्नर शेख बन्दर बिन मोहम्मद बिन साउद अल थानी विश्वको सबैभन्दा ठूलो सार्वभौम सम्पत्ति कोष मध्येको एक कतार लगानी प्राधिकरणको अध्यक्ष बनेका छन् । यसअघि नयाँ प्रधानमन्त्रीले उक्त पद सम्हालेका थिए ।

नयाँ सरकारमा रक्षामन्त्री खालिद बिन मुहम्मद अल–अतियाह उपप्रधानमन्त्री बनेका छन् ।

वर्तमान अमिरका पिता शेख हमाद बिन खलिफा अल थानीले सन् २०१३ मा आफ्नो सुपुत्रका निम्ति राजगद्दी त्याग गर्नुभएको थियो । अठार वर्षअघि उनले रक्तपातरहीत ढङ्गले आफ्नै पितालाई सत्ताच्युत गरेका थिए ।

अमेरिका समर्थक वर्तमान अमिरले देशको विदेश नीतिमा कुनै ठूलो परिवर्तन गरेका छैनन् । यद्यपि विशाल प्राकृतिक ग्यास भण्डार भएको सानो राज्य कतारले वैभवशाली राष्ट्रका रूपमा आफ्नो परिचय अन्तर्राष्ट्रिय जगत्मा स्थापित गरेको छ ।

अघिल्लो दशकको तुलनामा जनसङ्ख्या एक तिहाइले बढेर तीस लाख पुगेको छ । आप्रवासी कामदारहरूका कारण त्यसो भएको हो । कतारका आप्रवासी कामदारमाथि राज्यले गर्ने व्यवहारलाई लिएर अन्तर्राष्ट्रिय क्षेत्रमा बेलाबेलामा यो सानो राष्ट्रको चर्चा परिचर्चा पनि हुने गरेको छ ।

राजनीतिक दलहरू अझै पनि प्रतिबन्धित छन् तर कतारीहरूले सन् २०२१ मा एक परामर्श परिषद्को पहिलो प्रत्यक्ष चुनावमा भाग लिए । कतारले अन्तर्राष्ट्रिय खेलकुदको केन्द्र बन्ने अभियानको रूपमा गत वर्ष विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्योभने भूराजनीतिक विवादहरूमा ठूलो कूटनीतिक र मध्यस्थताको भूमिका पनि खोजेको थियो ।


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?