Trending
>>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कतारमा नयाँ प्रधानमन्त्री र गृहमन्त्री नियुक्त


२३ फागुन, एजेन्सी। कतारका अमिरले देशका एक जना शीर्ष कूटनीतिज्ञलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । साथै उनले अर्का एक जनालाई गृहमन्त्री बनाएका छन् ।

अमिरको कार्यालयका अनुसार शेख तमिम बिन हमाद अल थानीले प्रधानमन्त्री तथा शेख खालिद बिन खलिफा बिन अब्दुलाजिज अल थानीले गृहमन्त्रीबाट दिएको राजीनामा अमिरले स्वीकृत गरेका छन् ।

विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । उनले नियुक्तपछिको केही घण्टामै पद तथा गोपनीयताको शपथ लिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

गत वर्ष यहाँ आयोजित विश्वकप फुटबल प्रतियोगिताका निम्ति गठित सरकारी सुरक्षा समितिको नेतृत्व गर्नुभएका शेख खलिफा बिन हमाद बिन खलिफा अल थानी गृहमन्त्रीमा नियुक्त भएका छन् । उनले लेखविया आन्तरिक सुरक्षा बलमा पनि सेवा गरेका थिए ।

बयालीस वर्षीय नवनियुक्त प्रधानमन्त्री अब्दुलरहमान अल थानी अर्थशास्त्री हुन् । कतारी अमिरको उमेर पनि उनकै हाराहारीमा छ । गृहमन्त्री पनि उनिहरूकै समकालीन हुन् । ५५ वर्षका पूर्वप्रधानमन्त्री सन् २०२० को जनवरीदेखि सरकार प्रमुख थिए ।

केन्द्रीय बैंकका गभर्नर शेख बन्दर बिन मोहम्मद बिन साउद अल थानी विश्वको सबैभन्दा ठूलो सार्वभौम सम्पत्ति कोष मध्येको एक कतार लगानी प्राधिकरणको अध्यक्ष बनेका छन् । यसअघि नयाँ प्रधानमन्त्रीले उक्त पद सम्हालेका थिए ।

नयाँ सरकारमा रक्षामन्त्री खालिद बिन मुहम्मद अल–अतियाह उपप्रधानमन्त्री बनेका छन् ।

वर्तमान अमिरका पिता शेख हमाद बिन खलिफा अल थानीले सन् २०१३ मा आफ्नो सुपुत्रका निम्ति राजगद्दी त्याग गर्नुभएको थियो । अठार वर्षअघि उनले रक्तपातरहीत ढङ्गले आफ्नै पितालाई सत्ताच्युत गरेका थिए ।

अमेरिका समर्थक वर्तमान अमिरले देशको विदेश नीतिमा कुनै ठूलो परिवर्तन गरेका छैनन् । यद्यपि विशाल प्राकृतिक ग्यास भण्डार भएको सानो राज्य कतारले वैभवशाली राष्ट्रका रूपमा आफ्नो परिचय अन्तर्राष्ट्रिय जगत्मा स्थापित गरेको छ ।

अघिल्लो दशकको तुलनामा जनसङ्ख्या एक तिहाइले बढेर तीस लाख पुगेको छ । आप्रवासी कामदारहरूका कारण त्यसो भएको हो । कतारका आप्रवासी कामदारमाथि राज्यले गर्ने व्यवहारलाई लिएर अन्तर्राष्ट्रिय क्षेत्रमा बेलाबेलामा यो सानो राष्ट्रको चर्चा परिचर्चा पनि हुने गरेको छ ।

राजनीतिक दलहरू अझै पनि प्रतिबन्धित छन् तर कतारीहरूले सन् २०२१ मा एक परामर्श परिषद्को पहिलो प्रत्यक्ष चुनावमा भाग लिए । कतारले अन्तर्राष्ट्रिय खेलकुदको केन्द्र बन्ने अभियानको रूपमा गत वर्ष विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्योभने भूराजनीतिक विवादहरूमा ठूलो कूटनीतिक र मध्यस्थताको भूमिका पनि खोजेको थियो ।


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?