Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

नेप्से परिसूचकमा सात दशमलव २९ अङ्कको गिरावट


काठमाडौं। यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचक सात दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ५१ दशमलव २३ को बिन्दुमा सीमित भएको छ ।

आज विभिन्न दुई सय ९३ कम्पनीका ३४ लाख १९ हजार ७३ कित्ता शेयर ३६ हजार नौ सय ७७ पटक खरिदबिक्री हुँदा रू ९६ करोड ४० लाख १० हजार चार सय ३१ बराबरको कारोबार भएको छ भने लघुवित्त समूहमा शून्य दशमलव ०६ प्रतिशतको वृद्धि देखिएको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै म्युचुअल फन्ड समूह एक दशमलव २५ र वित्त समूह शून्य दशमलव ५५ प्रतिशतले घटेको छ ।

त्यस्तै, सबैभन्दा धेरै थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ६३ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल लिमिटेड र युनाईटेड आइडिआई मर्दी आरबी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले घटेको छ ।

उक्त कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू छ करोड ९५ लाख २९ हजार दुई सय ७० बराबरको दुई लाख ३६ हजार सात सय ८८ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?