Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनमा बन्दसत्र सुरु


काठमाडौं। नेपाली कांग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनमा आइतबारदेखि बन्दसत्र सुरु भएको छ । बन्द सत्रमा उपसभापति भुवनप्रसाद श्रेष्ठले राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।

सो सम्मेलनमा लुम्बिनी प्रदेशमा प्रदेशका ७ सय ५० प्रतिनिधिहरूको सहभागिता रहेको छ । बन्द सत्रमा प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि,प्रदेश क्षेत्रीय सभापति,क्षेत्रीय सभापति,जिल्ला सभापति,भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष,प्रदेश पदाधिकारी,सदस्य सल्लाहकार र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको सम्मेलनमा सहभागिता रहेको छ ।

congress lumbini 2

त्यस्तै बन्द सत्रमा सांगठानिक प्रतिवेदन महामन्त्री सुरेन्द्र आचार्यले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रकाश रानाले गर्नेछन् । ती प्रतिवेदनमा महासमिति सदस्यले आवश्यक सुझाव राख्ने छन् । उक्त प्रतिवेदनलाई लुम्बिनी प्रदेशबाट पार्टीको महाधिवेशनमा लैजाने लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुनले बताएका छन् ।


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?