Trending
>>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक
Logo
२१ कार्तिक २०८३, शनिबार
२१ कार्तिक २०८३, शनिबार

पुनर्निर्माणलाई सेवाकाे अवसरका रुपमा लिन सन्चारमन्त्रीकाे आग्रह


सल्यान।सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई जनताको सेवा गर्ने बताउनुभएको छ ।सल्यान दार्मा गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ स्थित ढाकाडामकोटमा भूकम्प प्रभावित घरधुरीहरुको अस्थायी आवास तथा शौचालय निर्माणका लागि स्वयंसेवक परिचालन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सरकार, पार्टी र जनता सबैले पुनर्निर्माणलाई सेवा गर्ने अवसरको रुपमा लिनुपर्ने बताउनुभयो ।

भूकम्पलगत्तै प्रधानमन्त्री विहानै प्रभावित स्थल पुगेर एकै दिनमा उद्दारको काम सम्पन्न गरेको उल्लेख गर्दै उहाँले राहत र पुनर्स्थापनाको कामलाई पनि सघनरुपमा अघि बढाउनुपर्ने बताउनुभयो । सरकारले पुनर्निर्माणको काम एक वर्षभित्र सम्पन्न गर्ने निर्णय गरेको जानकारी दिदै मन्त्री शर्माले आवश्यक परे सेना प्रहरी परिचालन गर्न सकिने नीतिगत निर्णय पनि भैसकेको बताउनुभयो ।

सो क्रममा मन्त्री शर्माले भूकम्पबाट क्षतिग्रस्त घरको भग्नावशेष हटाउन ढुङ्गा हटाएर स्वयंसेवक परिचालन अभियान उद्घाटन गर्नुभएको थियो । मन्त्री शर्मासङ्गै कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा, माओवादी केन्द्रका प्रदेश अध्यक्ष बिमला केसी, केन्द्रीय सदस्य एवं सल्यान इन्चार्ज नरेश भण्डारी, गाउँपालिका अध्यक्ष निमबहादुर केसीलगायतले श्रम गर्नुभएको थियो ।

भूकम्पबाट सल्यान दार्मा गाउँपालिकामा ठूलो भौतिक क्षति गरेको छ। ११७९ वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने १०८१ घरमा आंशिक क्षति भएको छ। पालिकाभित्रका २१ वटा सामुदायिक विद्यालय,५ वटा स्वास्थ्य संस्था र ३ वटा वडा कार्यालयमा क्षति पुगेको छ। ११७९ घरधुरीका ६३१८ जनसंख्या बिस्थापित भएको गाउँपालिका अध्यक्ष केसीले जानकारी दिनुभयो ।


प्रकाशित मिति: १६ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?