Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

हाम्रै नेताहरुले देश बनाउन सक्छन् भन्ने सन्देश दिनु आवश्यकः शेखर कोइराला


नवलपरासी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सबै ठुला राजनीतिक दलको नेतृत्वमा बस्नेहरुमा ईच्छाशक्ति नभएकै कारण जनतामा निरासा छाएको बताएका छन् ।नेताहरुकै आचरणका कारण जनतामा चरम निरासा छाएको कोइरालाले बताए । जनतालाई आशा जगाउने र हाम्रै नेताहरुले देश बनाउन सक्छन् भन्ने सन्देश दिनु अहिलेको आवश्यकता भएको उनको भनाई थियो ।

राजनीतिक दलको नेतृत्वमा बस्नेहरुले कुनै कालखण्डमा देश र प्रजातन्त्रको लागी राम्रो काम गरेको बताउँदै कोइरालाले भने- “अब जनतामा आशा जगाउन र देशलाई नयाँ ढंगले समृद्धिको बाटोमा लैजान उहाँहरूले ससम्मान पुर्वक नेतृत्व छाड्नुपर्छ ।”

नेपाली कांग्रेस नवलपरासी पश्चिमको प्रथम जिल्ला सम्मेलनलाई परासीमा सम्बोधन गर्दै नेता कोइरालाले गुट र उपगुटको चौघेरामा रमाउँन छाडेर जनताका पक्षमा रचनात्मक काम गर्न कार्यकर्तालाई आग्रह समेत गरे ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?