Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

लायन्स क्लबको योगदान महत्वपूर्ण छ: प्रदेश प्रमुख खापुङ


मोरङ। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले लायन्स क्लबले सामाजिक क्षेत्रमा ठूलो योगदान गरेको बताएका छन् । आज यहाँ आयोजित लायन्स क्लब विराटनगर युनाइटेडको १३औँ पदस्थापना एवं सम्मान कार्यक्रम उद्घाटन गर्दै क्लब सेवा भावनाले प्रेरित रहेको भन्दै उहानले क्लबले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई पुर्‍याएको सहयोगको प्रशंसा गरे ।
उक्त प्रदेश प्रमुख खापुङले सेवाको भावनाले समाज कल्याणमा लागेका सम्पूर्ण पदाधिकारीलाई थप प्रेरणा मिलोस् भनी शुभकामना समेत दिए । त्यस्तै, प्रदेश सरकारका बिना विभागीयमन्त्री कमलप्रसाद जवेगुले क्लब सेवाको आवश्यकता भएका नागरिकलाई खाद्य सामग्री, न्यानो कपडा, शैक्षिक सामग्रीलगायतका विभिन्न सहयोग प्रदान गर्ने अनुशासित संस्था भएको बताए ।
त्यस्तै, क्लबका अध्यक्ष टीका सिवाकोटी, पूर्वमन्त्री जीवन घिमिरे र जिल्ला सभापति विजयहरि शर्मालगायतले क्लबले समाजले भूकम्पपीडित, शीतलहरबाट नागरिकलाई जोगाउन, ज्येष्ठ नागरिक र विद्यार्थीलाई प्रदान गरिएको सहयोगलगायतका विषयमा चर्चा गरे भने सो अवसरमा लायन्स युनाइटेडका नवपदाधिकारी एवं पूर्वगर्भनरलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?