Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

लायन्स क्लबको योगदान महत्वपूर्ण छ: प्रदेश प्रमुख खापुङ


मोरङ। कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले लायन्स क्लबले सामाजिक क्षेत्रमा ठूलो योगदान गरेको बताएका छन् । आज यहाँ आयोजित लायन्स क्लब विराटनगर युनाइटेडको १३औँ पदस्थापना एवं सम्मान कार्यक्रम उद्घाटन गर्दै क्लब सेवा भावनाले प्रेरित रहेको भन्दै उहानले क्लबले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई पुर्‍याएको सहयोगको प्रशंसा गरे ।
उक्त प्रदेश प्रमुख खापुङले सेवाको भावनाले समाज कल्याणमा लागेका सम्पूर्ण पदाधिकारीलाई थप प्रेरणा मिलोस् भनी शुभकामना समेत दिए । त्यस्तै, प्रदेश सरकारका बिना विभागीयमन्त्री कमलप्रसाद जवेगुले क्लब सेवाको आवश्यकता भएका नागरिकलाई खाद्य सामग्री, न्यानो कपडा, शैक्षिक सामग्रीलगायतका विभिन्न सहयोग प्रदान गर्ने अनुशासित संस्था भएको बताए ।
त्यस्तै, क्लबका अध्यक्ष टीका सिवाकोटी, पूर्वमन्त्री जीवन घिमिरे र जिल्ला सभापति विजयहरि शर्मालगायतले क्लबले समाजले भूकम्पपीडित, शीतलहरबाट नागरिकलाई जोगाउन, ज्येष्ठ नागरिक र विद्यार्थीलाई प्रदान गरिएको सहयोगलगायतका विषयमा चर्चा गरे भने सो अवसरमा लायन्स युनाइटेडका नवपदाधिकारी एवं पूर्वगर्भनरलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?