Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

गणतन्त्रविरोधी हर्कतलाई सामूहिकरूपमा जवाफ दिन जरुरी छ : कार्यवाहक प्रधानमन्त्री


काठमाडौं। कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक रूपमा अन्यप्रणाली भन्दा उन्नत रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । यो शासन प्रणालीको विकल्प नरहेको भन्दै उनले जिम्मेवारीमा बसेकाहरूले कामबाट, निर्णय, कार्यशैली, जीवनशैलीबाट आएका र देखिएका कमजोरीलाई समयमा नै सच्याउनुपर्नेमा समेत जोड दिएका छन् ।

उनले भने, ‘जवाफ दिने क्रममा हाम्रा शासकीय सुधारहरू, सुशासन र आम नागरिकका अपेक्षाहरू, दैनिक आम उपभोक्तालाई दिनुपर्ने सेवा र सहजीकरण, निर्णय प्रक्रियामा छिटो छरितो, निर्णय प्रक्रियामा भएका झन्झटिला प्रक्रियाहरूलाई छिटो छरितो तरिकाले तीव्र गतिमा अघि बढाउने र कमी कमजोरी सुधार्दै अघि बढ्नुपर्छ ।’ त्यस्तै, गलत तरिकाले आम नागरिकलाई गलत सूचनामार्फत भ्रम पारेर संघीय लोकतान्त्रिक गणतन्त्रको उन्नत शासन प्रणालीलाई नकारात्मक रूपमा प्रस्तुत गर्ने कुरालाई सबैले सामूहिक रूपमा जवाफ दिन जरुरी रहेको खड्काको भनाइ रहेको छ ।

त्यस्तै, शुक्रबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औँ वार्षिकोत्सवमा उनले अर्थतन्त्रमा देखिएका सबैखाले समस्या समाधानका लागि सरकार गम्भीर रहेको
बताएका छन् ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?