Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जनमतले आगामी वैशाखमा प्रदेश अधिवेशन गर्ने


काठमाडौं। गत निर्वाचनबाट मधेशमा उदाएको डा. सीके राउत नेतृत्वको जनमत पार्टीको साङ्गठनिक गतिविधि अगाडि बढाउने भएको छ । जनमतको सचिवालयले सङ्गठन विस्तार गर्न र सशक्त सङ्गठन निर्माण गर्न आगामी वैशाखसम्म प्रदेश अधिवेशन टुङ्ग्याउने निर्णय गरेको छ ।

उक्त पार्टी अध्यक्ष राउतका अनुसार मंसिर १५ देखि माघ १५ सम्म सबै वडा अधिवेशन पूरा गर्नुपर्नेछ । त्यस्तै माघ १५ देखि फागुनसम्म सबै पालिका र फागुन २० सम्ममा सबै वडा र पालिकाहरूको प्रक्रिया पुर्‍याइ गरिएको अधिवेशनको आधिकारिक माइन्युटको प्रतिलिपि सचिवालयलाई पठाउनुपर्ने निर्णय गरिएको छ ।

त्यस्तै, चैत ३ गते जिल्ला अधिवेशन र आगामी वैशाख २४ देखि ३० गतेसम्म प्रदेश अधिवेशन गर्ने निर्णय भएको उनले बताए । सो पार्टीका सबै तहका पदाधिकारी, नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीले निर्णय गरेर पठाएको कार्यतालिकालाई पालन गर्दै सङ्गठन विस्तार तथा अधिवेशनका कार्यक्रमहरू गर्न निर्देशनसमेत दिइएको अध्यक्ष राउतले बताएका छन् ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?