Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

जनमतले आगामी वैशाखमा प्रदेश अधिवेशन गर्ने


काठमाडौं। गत निर्वाचनबाट मधेशमा उदाएको डा. सीके राउत नेतृत्वको जनमत पार्टीको साङ्गठनिक गतिविधि अगाडि बढाउने भएको छ । जनमतको सचिवालयले सङ्गठन विस्तार गर्न र सशक्त सङ्गठन निर्माण गर्न आगामी वैशाखसम्म प्रदेश अधिवेशन टुङ्ग्याउने निर्णय गरेको छ ।

उक्त पार्टी अध्यक्ष राउतका अनुसार मंसिर १५ देखि माघ १५ सम्म सबै वडा अधिवेशन पूरा गर्नुपर्नेछ । त्यस्तै माघ १५ देखि फागुनसम्म सबै पालिका र फागुन २० सम्ममा सबै वडा र पालिकाहरूको प्रक्रिया पुर्‍याइ गरिएको अधिवेशनको आधिकारिक माइन्युटको प्रतिलिपि सचिवालयलाई पठाउनुपर्ने निर्णय गरिएको छ ।

त्यस्तै, चैत ३ गते जिल्ला अधिवेशन र आगामी वैशाख २४ देखि ३० गतेसम्म प्रदेश अधिवेशन गर्ने निर्णय भएको उनले बताए । सो पार्टीका सबै तहका पदाधिकारी, नेता, कार्यकर्ता तथा सदस्यहरूलाई पार्टीले निर्णय गरेर पठाएको कार्यतालिकालाई पालन गर्दै सङ्गठन विस्तार तथा अधिवेशनका कार्यक्रमहरू गर्न निर्देशनसमेत दिइएको अध्यक्ष राउतले बताएका छन् ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?