Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

महासमिति बैठकमा हिन्दु राष्ट्रको एजेन्डा लैजान देउवा सकारात्मक


काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आसन्न महासमितिको बैठकमा हिन्दु राष्ट्रको एजेन्डा प्रवेश गराउने विषयमा सकारात्मक देखिएका छन् ।
तनहुँको पार्टी कार्यालय उद्घाटनको निम्तोलगायतको विषयमा छलफल गर्ने क्रममा देउवाले आफू सकारात्मक रहेको बताएको केन्द्रीय सदस्य शङ्कर भण्डारीले जानकारी दिएका छन् । त्यस्तै, वैदिक सनातन हिन्दु राष्ट्र स्थापना, प्रदेश संरचना खारेजी र निर्वाचन प्रणाली परिवर्तनमा भण्डारीले जोड दिँदै आएका छन् ।
त्यस्तै, भेटका क्रममा केन्द्रीय सदस्य भण्डारीले आसन्न महासमिति बैठकमा वैदिक सनातन हिन्दु राष्ट्र स्थापनाको विषय प्रवेश गराउन आग्रह गरेका थिए भने केही दिनअघिमात्र देउवाले ‘धर्मका विषयमा सरसल्लाह गर्न सकिने’ अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?