Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

महासमिति बैठकमा हिन्दु राष्ट्रको एजेन्डा लैजान देउवा सकारात्मक


काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आसन्न महासमितिको बैठकमा हिन्दु राष्ट्रको एजेन्डा प्रवेश गराउने विषयमा सकारात्मक देखिएका छन् ।
तनहुँको पार्टी कार्यालय उद्घाटनको निम्तोलगायतको विषयमा छलफल गर्ने क्रममा देउवाले आफू सकारात्मक रहेको बताएको केन्द्रीय सदस्य शङ्कर भण्डारीले जानकारी दिएका छन् । त्यस्तै, वैदिक सनातन हिन्दु राष्ट्र स्थापना, प्रदेश संरचना खारेजी र निर्वाचन प्रणाली परिवर्तनमा भण्डारीले जोड दिँदै आएका छन् ।
त्यस्तै, भेटका क्रममा केन्द्रीय सदस्य भण्डारीले आसन्न महासमिति बैठकमा वैदिक सनातन हिन्दु राष्ट्र स्थापनाको विषय प्रवेश गराउन आग्रह गरेका थिए भने केही दिनअघिमात्र देउवाले ‘धर्मका विषयमा सरसल्लाह गर्न सकिने’ अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?