Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नेपाली क्रिकेटलाई सहयोग गर्न तयार छौं : महाराष्ट्र प्रदेशका उपमुख्यमन्त्री


मुम्बई– भारतको महाराष्ट्र प्रदेशका उपमुख्यमन्त्री देवेंद्र फडणवीसले नेपाली क्रिकेटको विकासमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । त्यस्तै, स्वतन्त्र युवा प्रजातान्त्रिक संघको संयोजनमा भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरुको प्रतिनिधि मण्डलसँगको भेटमा उनले नेपाली क्रिकेटरहरुलाई मुम्बईमा प्रशिक्षण,व्यवसायिक क्रिकेटमा अवसर दिन सकिने बताएका हुन् ।

नेपाल क्रिकेटसंघ (क्यान) ले उपर्युक्त प्रस्ताव ल्याएमा क्रिकेटमा दुई पक्षीय प्रतिष्पर्धा गर्न सकिन्छ, उनले भने। त्यसैगरी नेपाली पत्रकारहरुले छलफलका क्रममा नेपाल भारत सम्बन्ध, मुम्बईमा रहेका श्रमिक नेपालीहरुको अवस्था लगायतका विषयमा चासो समेत राखेका थिए ।

नेपाली पत्रकारहरुले उठाएको विषयमा उपमुख्यमन्त्री फडणवीसले सकारात्मक रुपमा लिएको भ्रमणमा रहेका नेपाल  प्रेस  युनियनका उपाध्यक्ष नकुल अर्यालले जानकारी दिएका छन् ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?