Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

नेपाली क्रिकेटलाई सहयोग गर्न तयार छौं : महाराष्ट्र प्रदेशका उपमुख्यमन्त्री


मुम्बई– भारतको महाराष्ट्र प्रदेशका उपमुख्यमन्त्री देवेंद्र फडणवीसले नेपाली क्रिकेटको विकासमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । त्यस्तै, स्वतन्त्र युवा प्रजातान्त्रिक संघको संयोजनमा भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरुको प्रतिनिधि मण्डलसँगको भेटमा उनले नेपाली क्रिकेटरहरुलाई मुम्बईमा प्रशिक्षण,व्यवसायिक क्रिकेटमा अवसर दिन सकिने बताएका हुन् ।

नेपाल क्रिकेटसंघ (क्यान) ले उपर्युक्त प्रस्ताव ल्याएमा क्रिकेटमा दुई पक्षीय प्रतिष्पर्धा गर्न सकिन्छ, उनले भने। त्यसैगरी नेपाली पत्रकारहरुले छलफलका क्रममा नेपाल भारत सम्बन्ध, मुम्बईमा रहेका श्रमिक नेपालीहरुको अवस्था लगायतका विषयमा चासो समेत राखेका थिए ।

नेपाली पत्रकारहरुले उठाएको विषयमा उपमुख्यमन्त्री फडणवीसले सकारात्मक रुपमा लिएको भ्रमणमा रहेका नेपाल  प्रेस  युनियनका उपाध्यक्ष नकुल अर्यालले जानकारी दिएका छन् ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?