Trending
>>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

नेबिसंघद्वारा भुकम्प प्रभावित क्षेत्रमा ६ कोठे अस्थायी विद्यालय भवन हस्तान्तरण


नेपाल विद्यार्थि संघ:  केन्द्रिय समितिले भुकम्प प्रभावित जाजरकोटका विद्यालयको पुन निर्माण गर्ने क्रममा श्री भेरि त्रिवेणि मा.वि मा ६ कोठे अस्थाई (TLC) भवन हस्तान्तरण गरेको छ । कार्तिक १७ गते गएको विनासकारी भुकम्पमा ३९८ विद्यालय पूर्ण रुपमा क्षतिग्रस भएको तथा ५० हजार भन्दा धेरै विध्यार्थिको पढाई प्रभावित भएको थियो ।

त्यस्तै, ने.वि. संघ केन्द्रिय अध्यक्ष दुजाङ्ग शेर्पाका अनुसार दुई वटा बिध्यालय पुर्ण रुपमा निर्माण गर्ने तथा तत्काल पठनपाठन सुचारु गर्नका लागि थप दुइ अस्थाई भवन समेत बनाउने प्रतिवद्धता अनुसार शेर्पाले आज एक कार्यक्रमका बिच हस्तान्तरण गरेका छन् भने भुकम्प पश्चात पूर्ण रुपमा क्षति भएको विद्यालयमा पछिल्लो एक हप्ता देखि खुल्ला चौरमा अध्ययन र अध्यापन हुदै आएको थियो । त्रिबेणि मा.वि को ६ कोठे भवन हस्तान्तरण भए सँगै जुनिचादे गा.पा मा रहेको शिवपुरि मा।बि को ६ कोठे (TLC) भवन निर्माण सुचारु गर्दै छ ।

उक्त भवन निर्माण सँगै ३०० सेट शैक्षिक सामाग्री, ६ सेट white Board र ६ सेट Board Marker लगायतका अन्य शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।  ने.वि.संघ केन्द्रिय सदस्य नारायण पाण्डेका अनुसार हस्तान्तरण गरिएको उक्त भवन भुकम्प पश्चात सम्पन्न भएको पहिलो भवन रहेको र भोलि देखि नै पठन पाठन सुचारु हुने समेत बताएका छन् ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?