Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

नेबिसंघद्वारा भुकम्प प्रभावित क्षेत्रमा ६ कोठे अस्थायी विद्यालय भवन हस्तान्तरण


नेपाल विद्यार्थि संघ:  केन्द्रिय समितिले भुकम्प प्रभावित जाजरकोटका विद्यालयको पुन निर्माण गर्ने क्रममा श्री भेरि त्रिवेणि मा.वि मा ६ कोठे अस्थाई (TLC) भवन हस्तान्तरण गरेको छ । कार्तिक १७ गते गएको विनासकारी भुकम्पमा ३९८ विद्यालय पूर्ण रुपमा क्षतिग्रस भएको तथा ५० हजार भन्दा धेरै विध्यार्थिको पढाई प्रभावित भएको थियो ।

त्यस्तै, ने.वि. संघ केन्द्रिय अध्यक्ष दुजाङ्ग शेर्पाका अनुसार दुई वटा बिध्यालय पुर्ण रुपमा निर्माण गर्ने तथा तत्काल पठनपाठन सुचारु गर्नका लागि थप दुइ अस्थाई भवन समेत बनाउने प्रतिवद्धता अनुसार शेर्पाले आज एक कार्यक्रमका बिच हस्तान्तरण गरेका छन् भने भुकम्प पश्चात पूर्ण रुपमा क्षति भएको विद्यालयमा पछिल्लो एक हप्ता देखि खुल्ला चौरमा अध्ययन र अध्यापन हुदै आएको थियो । त्रिबेणि मा.वि को ६ कोठे भवन हस्तान्तरण भए सँगै जुनिचादे गा.पा मा रहेको शिवपुरि मा।बि को ६ कोठे (TLC) भवन निर्माण सुचारु गर्दै छ ।

उक्त भवन निर्माण सँगै ३०० सेट शैक्षिक सामाग्री, ६ सेट white Board र ६ सेट Board Marker लगायतका अन्य शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।  ने.वि.संघ केन्द्रिय सदस्य नारायण पाण्डेका अनुसार हस्तान्तरण गरिएको उक्त भवन भुकम्प पश्चात सम्पन्न भएको पहिलो भवन रहेको र भोलि देखि नै पठन पाठन सुचारु हुने समेत बताएका छन् ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?