Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

अन्तर्राष्ट्रिय फाउण्डेसनका चेयरपर्सन एवम् निवर्तमान अध्यक्ष सहित लायन्स इन्टरनेशनलका पदाधिकारीहरूले राष्ट्रपतिसँग गरे भेटवार्ता


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेसनका चेयरपर्सन एवम् निवर्तमान अध्यक्ष ब्रायन इ सिहान( Brian E Sheehan) सहित लायन्स इन्टरनेशनलका पदाधिकारीहरूले भेट गरेका छन् ।

राष्ट्रपति भवन शितलनिवासमा शुक्रबार भएको सो भेटमा अध्यक्ष ब्रायनले जाजरकोटका भूकम्प प्रभावितहरूको लागि तत्कालै सहयोग गरेको र अब शिक्षा, स्वास्थ्य क्षेत्रमा भवनलगायतका संरचना निर्माणमा सहयोग गर्ने जानकारी समेत गराएका थिए ।

त्यस्तै, राष्ट्रपति पौडेलले लायन्सको मानवीय तथा नैतिक मूल्यसहितका सिद्धान्तबाट आफू प्रभावित भएको बताउँदै भूकम्पप्रभावितहरूको लागि लायन्सको सहयोगप्रति धन्यवाद समेत व्यक्त गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?