Trending
>>   चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा >>   पशुअधिकारका लागि ‘भिगन ग्यालरी’ >>   चार महिनामा साढे चार खर्ब व्यापार घाटा >>   चितवनमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना, २८ जना घाइते >>   पूर्वमन्त्री पदम राईको निधन >>   अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प र नेटो प्रमुख रुटबिच ‘विश्वव्यापी सुरक्षा’बारे छलफल >>   प्रहरी महानिरीक्षक कुँवरबाट नवनिर्मित भवन उद्‌घाटन >>   डब्लुुएमएसी वेल्स खेल्दै सन्जित >>   २८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस >>   धरहरा चढ्न दुई सय रुपियाँ शुल्क
Logo
८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

अटोरिक्सा सञ्चालनका लागि रुट


बेनी,म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाभित्र अटोरिक्सालाई व्यवस्थितरूपमा सञ्चालन गर्न पहल थालिएको छ । नगरभित्र सर्वसाधारणको सुविधाका लागि नयाँ रुट कायम गरी अटोरिक्सालाई सञ्चालनमा ल्याइएको हो ।

त्यस्तै, नगरभित्र कालोपत्र, ढलान र स्तरोन्नति गरिएका सडकमा यात्रुलाई बोक्न मिल्ने गरी रूट कायम गरिएको हो । बिहीबार नगरप्रमुख सुरत केसीको अध्यक्षतामा बसेको बैठकले बेनपा–४ तातोपानीको पखेर जोड्ने फापरखेतको पुलसम्म, बेनपा–९ गलेश्वरको बेलीब्रिज, बेनपा–६ अर्थुङेको ढलान, बेनपा–२ र ३ को सिमान ढूधेखोलासम्म नयाँ रुट तय गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत युवराज थापाले जानकारी दिए ।

अटोरिक्सा कच्ची सडकमा सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले रुट निर्धारण गरिएको भन्दै रुटबाहेक सञ्चालन गरेमा जरिवाना गरिने नगरपालिकाले जनाएको छ । अटोरिक्साका लागि कायम गरिएका रुटमा नगरपालिकाबाट इजाजत लिएर मात्रै सञ्चालन गरिने बताइएको छ भने अटोरिक्सामा सवार गर्दा प्रतिकिलोमिटर रु साढे सात भाडासमेत निर्धारण गरिएको छ । त्यस्तै, कच्ची सडकमा यात्रु बोक्दा दुर्घटनाको जोखिमलाई मध्यनजर गरी नियमित अनुगमन गरी रिक्साका चालकलाई सचेत बनाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले बताए ।

उक्त नगरपालिकाले अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि बनाएकाले नियमसम्मत तरिकाले सञ्चालन गर्न चालकलाई अनुरोध गरिएको नगर प्रमुख केसीले बताउदै तोकिएको रुटबाहेक अटो सञ्चालन गरिएमा कारबाही गर्ने समेत बताएका छन् । त्यस्तै, बेनी नगरपालिकाभित्र १० अटोरिक्सा सञ्चालनको अनुमति भए पनि हालसम्म छवटाको नम्बर कायम गरिएको छ भने चारवटाको रुट कामय गरिने नगरपालिकाले जनाएको छ ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?