Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

मादीमा अस्पताल सञ्चालनमा


कास्की। कास्की जिल्लाको मादी गाउँपालिका–७ छाचोकमा अस्पताल सञ्चालनमा आएको छ । उक्त गाउँपालिकाको सोही वडामा १५ शय्या (बेड) क्षमताको अस्पताल भवन निर्माण भइरहेकामा सो अगाडि नै आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट अस्पतालको सुविधा दिन सुरु गरिएको हो । त्यस्तै, अस्पतालमा मेडिकल चिकित्सक तथा प्रयोगशाला, भिडियो एक्सरे तथा एक्सरेका प्राविधिक जनशक्तिको व्यवस्थापछि बिहीबारदेखि अस्पतालको सेवा सुरु गरिएको हो ।

त्यसैगरी, आधारभूत स्वास्थ्य केन्द्रबाट अस्पतालको सेवा सुरु भएँगै मादीका पश्चिमी भेगका नागरिक प्रत्यक्ष लाभान्वित हुने र सामान्य उपचारका लागि पोखरा जानुपर्ने बाध्यता हटेको गाउँपालिकाले जनाएको छ । उक्त अस्पतालको सेवा सञ्चालनका लागि रोटरी क्लब पोखरा अन्नपूर्णबाट रु ४१ र गाउँपालिकाबाट रु १४ लाख गरी ५५ लाख मूल्यबराबरका स्वास्थ्य उपकरण खरिद गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत गोपालचन्द्र बरालले जानकारी दिएका छन् ।

भिडियो एक्सरे, एक्सरे मेसिन, इसिजी मेसिन, डेन्टल केयर, प्रसूति बेड र अन्य सामान्य बिरामी बेड अन्नपूर्णले सहयोग गरेको उनले बताए । स्वास्थ्य शाखा प्रमुख बरालले भने, “गाउँपालिकाको १५ शय्याको आधारभूत अस्प्ताल भवन अहिले निर्माणको चरणमा रहेको छ । सो भवन बनेर सेवा सुरु नहुञ्जेलसम्मका लागि स्वास्थ्य केन्द्रको भवनबाट अस्पतालको सेवा सञ्ञ्चालन गरेका हौँ । यसबाट मादीका उत्तरी भेगका नागरिकले फाइदा लिनुहुनेछ ।”

अस्पतालमा एक्सरे, भिडियो एक्सरे, दाँतसम्बन्धी, प्रयोगशाला, इसिजी, फार्मेसी तथा चिकित्सकबाट नियमित बिरामी जाँचलगायतका सुविधा प्रदान गरिने सोही वडाका वडाध्यक्ष दुर्गाबहादुर गुरुङले जानकारी दिए । सो गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले सेवाग्राहीको चापलाई हेरेर अस्पतालमा आवश्यक अन्य जनशक्ति तथा स्वास्थ्य उपकरण थप गर्दै लगिने बताएका छन् ।

उक्त पालिकामा भौगोलिक अवस्थितिका कारण पूर्वी भेगका जनतालाई थुम्सीकोट र पश्चिम भेगकालाई छाचोकबाट स्वास्थ्य सेवा प्रदान गर्ने गरी योजना अगाडि बढाइएको अध्यक्ष गुरुङले बताए । “गाउँपालिकावासी नागरिकलाई आधारभूत स्वास्थ्योपचार सेवा गाउँमै उपलब्ध गराउन हामी प्रतिबद्ध छौँ । सङ्घीय तथा प्रदेश सरकारसँग मिलेर अस्पतालमा स्वास्थ्योपचार सुविधा थप गर्दै जानेछौँ”, गाउँपालिका अध्यक्ष गुरुङले भने ।

त्यसैगरी, मादीमा हाल थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट आधारभूत स्वास्थ्य सेवा सञ्चालनमा छ । यसबाट पूर्वी भेगका नागरिक लाभान्वित छन् ।भनेमादी गाउँपालिकामा १२ वडा छन् ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?