Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

मादीमा अस्पताल सञ्चालनमा


कास्की। कास्की जिल्लाको मादी गाउँपालिका–७ छाचोकमा अस्पताल सञ्चालनमा आएको छ । उक्त गाउँपालिकाको सोही वडामा १५ शय्या (बेड) क्षमताको अस्पताल भवन निर्माण भइरहेकामा सो अगाडि नै आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट अस्पतालको सुविधा दिन सुरु गरिएको हो । त्यस्तै, अस्पतालमा मेडिकल चिकित्सक तथा प्रयोगशाला, भिडियो एक्सरे तथा एक्सरेका प्राविधिक जनशक्तिको व्यवस्थापछि बिहीबारदेखि अस्पतालको सेवा सुरु गरिएको हो ।

त्यसैगरी, आधारभूत स्वास्थ्य केन्द्रबाट अस्पतालको सेवा सुरु भएँगै मादीका पश्चिमी भेगका नागरिक प्रत्यक्ष लाभान्वित हुने र सामान्य उपचारका लागि पोखरा जानुपर्ने बाध्यता हटेको गाउँपालिकाले जनाएको छ । उक्त अस्पतालको सेवा सञ्चालनका लागि रोटरी क्लब पोखरा अन्नपूर्णबाट रु ४१ र गाउँपालिकाबाट रु १४ लाख गरी ५५ लाख मूल्यबराबरका स्वास्थ्य उपकरण खरिद गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत गोपालचन्द्र बरालले जानकारी दिएका छन् ।

भिडियो एक्सरे, एक्सरे मेसिन, इसिजी मेसिन, डेन्टल केयर, प्रसूति बेड र अन्य सामान्य बिरामी बेड अन्नपूर्णले सहयोग गरेको उनले बताए । स्वास्थ्य शाखा प्रमुख बरालले भने, “गाउँपालिकाको १५ शय्याको आधारभूत अस्प्ताल भवन अहिले निर्माणको चरणमा रहेको छ । सो भवन बनेर सेवा सुरु नहुञ्जेलसम्मका लागि स्वास्थ्य केन्द्रको भवनबाट अस्पतालको सेवा सञ्ञ्चालन गरेका हौँ । यसबाट मादीका उत्तरी भेगका नागरिकले फाइदा लिनुहुनेछ ।”

अस्पतालमा एक्सरे, भिडियो एक्सरे, दाँतसम्बन्धी, प्रयोगशाला, इसिजी, फार्मेसी तथा चिकित्सकबाट नियमित बिरामी जाँचलगायतका सुविधा प्रदान गरिने सोही वडाका वडाध्यक्ष दुर्गाबहादुर गुरुङले जानकारी दिए । सो गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले सेवाग्राहीको चापलाई हेरेर अस्पतालमा आवश्यक अन्य जनशक्ति तथा स्वास्थ्य उपकरण थप गर्दै लगिने बताएका छन् ।

उक्त पालिकामा भौगोलिक अवस्थितिका कारण पूर्वी भेगका जनतालाई थुम्सीकोट र पश्चिम भेगकालाई छाचोकबाट स्वास्थ्य सेवा प्रदान गर्ने गरी योजना अगाडि बढाइएको अध्यक्ष गुरुङले बताए । “गाउँपालिकावासी नागरिकलाई आधारभूत स्वास्थ्योपचार सेवा गाउँमै उपलब्ध गराउन हामी प्रतिबद्ध छौँ । सङ्घीय तथा प्रदेश सरकारसँग मिलेर अस्पतालमा स्वास्थ्योपचार सुविधा थप गर्दै जानेछौँ”, गाउँपालिका अध्यक्ष गुरुङले भने ।

त्यसैगरी, मादीमा हाल थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट आधारभूत स्वास्थ्य सेवा सञ्चालनमा छ । यसबाट पूर्वी भेगका नागरिक लाभान्वित छन् ।भनेमादी गाउँपालिकामा १२ वडा छन् ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?