Trending
>>   विदेशबाट छोराछारीले जसलाई भन्छन् अभिभावकले त्यसैलाई भोट दिन्छन्ः गोपालमान श्रेष्ठ >>   गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम गर्न सकेनः उपसभापति गुरुङ >>   लोकतन्त्र बचाउन प्रवासी नेपालीको भुमिका महत्वपूर्णः सभापति देउवा >>   सरकारमा जाने कुनै रुचि छैन, अब नयाँ आन्दोलनमा जाने होः अध्यक्ष दाहाल >>   राष्ट्रिय हक्कीमा कोशी र गण्डकी विजयी >>   गैरआवासीय नागरिकको अधिकार सुनिश्चित गर्न ऐन निर्माण प्रक्रियामा छः गृहमन्त्री लेखक >>   मजदुरहरूको रगतले देशको झण्डा रातो भएको हो, बलिदानबाट निस्किएका कुरा रातै हुन्छन्ः प्रधानमन्त्री >>   गल्ती भएका कुरामा सुध्रिन तयार छौँः उपसभापति खड्का >>   रातो मत्स्येन्द्रनाथको रथ गाःबहालमा तानियो (तस्बिरहरु) >>   सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानून निर्माणमा ढिलाइः परराष्ट्रमन्त्री राणा
Logo
१८ बैशाख २०८२, बिहीबार
१८ बैशाख २०८२, बिहीबार

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् ।

संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेका प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशहरुले भोग्नुपरेको असरका बारेमा पनि विश्व समुदायलाई ध्यानाकर्षण गराउने बताउदै प्रधानमन्त्री दाहालले आफू आफ्ना एजेण्डा राख्ने तयारीका साथ सम्मेलनमा आएको बताएका छन् ।

संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आयोजना गरेको स्वागत कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कोप–२८ मा जलवायु परिवर्तनबाट नेपाललाई परेको असरको क्षतिपूर्तिका रुपमा वित्तीय र प्राविधिक सहयोगको अधिकारलाई बलियो ढङ्गबाट उठाउने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाइएको छ ।

त्यस्तै, दुबईस्थित नेपाली समुदायको उपस्थिति रहेको कार्यक्रममा प्रधानमन्त्री दाहालले अब हुने निर्वाचनमा विश्वमा छरिएर रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था भइरहेको जानकारी गराएका थिए। विदेशमा बसेका नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा लोकतन्त्र बलियो नहुने भन्दै प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपालीको मताधिकारका लागि सरकार गम्भीर भएको बताएका छन् ।

सो अवसरमा युएईका लागि नेपाली राजदूत क्षेत्रीले युएई र नेपालबीच व्यापार, पर्यटन र प्रविधिमा सहकार्य गर्नसकेमा नेपालको आर्थिक विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?