Trending
>>   हिमालको संरक्षण र आदिवासी जनजातिका आवश्यकता सम्बोधन गर्न सरकार प्रतिवद्ध छः मन्त्री पाण्डे >>   काँग्रेसले खुट्टा डग्मगाए आदिवासी–जनाजातिका मुद्दा सकिन्छन्ः महामन्त्री थापा >>   आदिवासी जनजातिहरुलाई बढी भन्दा बढी पार्टीमा आवद्ध गराउनुपर्छः सभापति देउवा >>   गत आर्थिक वर्षमा ८ लाख ३९ हजार नेपालीले लिए वैदेशिक रोजगारका लागि श्रम स्वीकृति >>   सुरक्षाकर्मीलाई रासनको अभाव छ, गुणस्तरीय पोशाक समेत किन्न सकेका छैनौँः महानिरीक्षक अर्याल >>   महिला कबड्डी विश्वकपमा पदक जितेर फर्कन्छौं– कप्तान मानमति बिष्ट >>   वामदेवको दाबीः मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन >>   सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता >>   सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्नु आजको आवश्यकताः झलनाथ खनाल >>   एमालेसँग एकताको कुनै सम्भावना छैनः माधव नेपाल
Logo
३ श्रावण २०८२, शुक्रबार
३ श्रावण २०८२, शुक्रबार

‘बैंक अफ दि इयर-२०२३’ को उपाधि प्रभु बैंकलाई


काठमाडौं। प्रभु बैंक ‘बैंक अफ दि इयर-२०२३’ को उपाधिबाट सम्मानित भएको छ । बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो ।

सन् २००० देखि ‘दि बैंकर’ले प्रदान गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा प्रतिष्ठित अवार्ड मानिन्छ । त्यस्तै, ‘विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार र ग्राहकहरूको व्यवसायको विकास गर्न चुनौतीहरूको सामना गर्दै आइरहेको छ भने अधिक नागरिकलाई वित्तीय सेवा पुर्‍याएको प्रतिस्पर्धी बैंकका बीचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्याङ्कन मापदण्डका आधारमा अवार्डबाट सम्मानित भएको हो,’ प्रभु बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ । ‘दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका एक हजारभन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनोट गरी ‘बैंक अफ दि इयर’ बाट वर्षैपिच्छे सम्मानित गर्दै आएको छ ।

बेलायतमा भएको समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौला, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले सम्मान ग्रहण गरेका थिए । सम्मानपछि अध्यक्ष सिटौलाले नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताएका छन् । त्यस्तै, अवार्ड वितरण समारोहपछि सीईओ शेरचनले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरूको मेहनत, सेयरधनी, सेवाग्राही तथा शुभचिन्तकको साथले सम्मान प्राप्त गर्न सफल भएको बताएका छन् ।

प्रभु बैंकले तीन सयभन्दा बढी शाखा, ७१ एक्सटेन्सन काउन्टर, ३१० एटिएममार्फत ३१ लाखभन्दा बढी सेवाग्राहीलाई बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गरिरहेको छ ।


प्रकाशित मिति: १५ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?