Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

प्रधानमन्त्री दाहाल अबुधाबीस्थित नेपाली दूतावासमा


काठमाडौं। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप– २८ मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबुधाबीस्थित नेपाली राजदूतावासको निरीक्षण गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्रीले युएईमा रहेका नेपालीको हितमा दूतावासले गरेका कामबारे जानकारी लिँदै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यस्तै, प्रधानमन्त्रीलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले स्वागत गर्नुका साथै दूतावासका गतिविधिबारे जानकारी दिएका थिए । उक्त कोप २८ मा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज बिहान युएई पुगेको हो ।


प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?