Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन प्रमुख आयुक्त थपलियाको आग्रह


काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई सुझाव दिएका छन् । दलित महिला केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘निर्वाचन व्यवस्थापन विधेयक सम्बन्धमा सांसदसँग अन्तरक्रिया’मा उनले मतदाताको आत्मसम्मानमा चोट पुग्ने गरी निर्वाचन प्रणाली र लोकतन्त्रविरोधी अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई सुझाव समेत दिएका छन्।

“निर्वाचन प्रणाली र लोकतान्त्रिक प्रणालीविरुद्ध अभिव्यक्ति दिनु हुँदैन, जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मानसिकताले अभिव्यक्ति दिनु गलत हो”, प्रमुख आयुक्त थपलियाले भने । त्यस्तै, जनप्रतिनिधिले मुलुकको सार्वभौमसत्ता, लोकतन्त्रका लगायतका विषयमा गहनतापूर्वक विश्लेषण र छलफल गर्न आवश्यक रहेको पनि उनको भनाइ रहेको छ ।

प्रमुख आयुक्त थपलियाले संविधानले निर्दिष्ट गरे बमोजिम निर्वाचन व्यवस्थापन विधेयक तयार पारिएको बताउदै सो प्रतिनिधिसभा तथा राष्ट्रियसभाका समिति, महिला सञ्जाल, कानुनविद्लगाय २५ वटा सरोकारवाला पक्षसँगको छलफल, प्रदेश तथा स्थानीय स्तरबाट लिखित सुझाव सङ्कलन गरी आयोगले विधेयक तयार पारेको उनको भनाइ रहेको छ । सो आयोगका उपसचिव लक्ष्मी शर्माले विधेयकमा संविधानको प्रावधान, अदालतको आदेश तथा कानुनी व्यवस्था समेटी विधेयक संशोधन एवं परिमार्जन गरी समसामयिक बनाइएको बताएकि छन् ।

त्यस्तै, दलित महिला केन्द्र नेपालका कार्यकारी निर्देशक तेजेन्द्र लामाले लोकतन्त्र सुदृढ बनाउनेतर्फ आयोगको ठूलो भूमिका रहेको बताउँदै केन्द्रले महिला नेतृत्व विकासलाई प्रवर्धन गर्न तालिम तथा सशक्तिकरणका लागि काम गर्दै आएको जनाकारी दिए । निर्वाचन प्रणालीका लागि अन्तर्राष्ट्रिय आधार कार्यक्रम प्रबन्धक सौरभा सुवेदीले राजनीतिक र निर्णय प्रक्रियामा लैङ्गिक समानता कायम गर्न संस्थाले क्षमता अभिवृद्धिलगायतका कार्यक्रम गर्दै आएको बताए ।

सो अवसरमा सांसद ईश्वरी घर्तीमगरले निर्वाचन क्षेत्र पहुँचयोग्य बनाउनुपर्नेमा जोड दिदै राष्ट्रियसभा सदस्य सुरेश आले मगरले संविधानको मर्मअनुसार समानुपातिक प्रणालीको सदुपयोग गर्नुपर्ने समेत बताए । त्यसैगरी, सरस्वती सुब्बाले महिला सहभागिता सुनिश्चित गर्न निर्वाचन क्षेत्र सुरक्षित गरी महिला महिलाबीच प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा समानुपातिक प्रणालीबाट दुई पटकभन्दा बढी सदस्य हुन नपाउने व्यवस्थाजस्तै प्रत्यक्षतर्फ निर्वाचित सांसदको पनि समयवधि विधेयकमा व्यवस्था गर्नुपर्ने, लक्षित वर्गलाई पहुँच गराउन पहल गर्नुपर्ने, महिलाभित्रको समावेशी समावेश गर्नुपर्ने, प्रत्यक्षतर्फ आरक्षण सुनिश्चित गर्नुपर्नेलगायतका विषयमा छलफल गरिएको थियो ।


प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?