Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता


२३ फागुन, काठमाडाैँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मंगलबार सर्वोच्च अदालतमा रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायत २४ द्वन्द्व पीडितहरूको रिट दर्ता भएको हो ।

उक्त रिटको पेसी बिहीबारका लागि तोकिएको जनाइएको छ । सोही रिट गत कात्तिक २४ गते दरपीठ(खारेज) भएता पनि सर्वोच्चका न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र हरिप्रसाद फुयालको १९ फागुनको आदेशपछि मंगलबार दर्ता भएको हो ।

रिट निवेदकहरूले प्रचण्डले आफ्ना परिवारका सदस्य मारेको भन्ने अभिव्यक्ति दिएका कारण उनलाई पक्राउ गरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

गत २०७६ साल माघ १ गते काठमाडाैँमा भएको एक सार्वजनिक कार्यक्रममा जनयुद्धमा मारिएका १७ हजारमध्ये ५ हजार हत्याको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएका थिए ।

रामेछापका ज्ञानेन्द्रराज आरण, जितेन्द्रकुमार मोक्तान, शंखरलाल लामा, सिन्धुपाल्चोकका दीपक हमाल, गोरखाकी होमकुमारी बजगाई, स्वस्तिका अधिकारी, निलम देवकोटा, सीतादेवी ढकाल, जनककुमारी कोइराला, विजय श्रेष्ठ, नवराज पोखरेल, स्याङ्जाकी सावित्री शर्मा, काभ्रेकी पूर्णिमाया लामा, सलामसिंह लामा र ओखलढुंगाकी लक्ष्मी श्रेष्ठले प्रचण्डलाई प्रतिवादी बनाएर रिट दिएका छन् ।


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?