Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

गण्डकी प्रदेश लोकसेवा आयोगले माग्यो ६२५ जना कर्मचारी


काठमाडौं। गण्डकी प्रदेशको लोकसेवा आयोगले एकैचोटी ६२५ जना कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको छ ।

उक्त प्रदेश लोकसेवा आयोगले बुधबार गोरखापत्रमा विज्ञापनको सूचना प्रकाशित गर्दै प्राविधिक र अप्राविधिक तर्फ ठूलो संख्यामा कर्मचारी माग गरेको हो । आयोगको कार्यालय पोखराका अनुसार प्राविधिक तह सहायक चौथौ पदमा ४३६ कर्मचारी माग गरेको छ । जसमा सबैभन्दा धेरै सिभिल तर्फको असिसटेन्ट सब इन्जिनियर ६३ जना माग भएको छ भने स्वास्थ्यको हेल्थ इन्सपेक्सन तर्फका अहेव ६२ जना माग भएको छ ।

अप्राविधिक तर्फ १८९ सहायक चौंथो तह कर्मचारी आयोगले माग गरेको छ । जसमा प्रशासन सहायक र लेखा सहायकको सबैभन्दा धेरै माग रहेको छ भने प्राविधिक तथा अप्राविधिक तर्फ आयोगले प्रदेश र स्थानीय तहका लागि विज्ञापन खोलेको हो ।

 


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?