Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

हतुवागढीको प्रशासनिक भवनको शिलान्यास


भोजपुर। भोजपुरको हतुवागढी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले एक कार्यक्रमबीच शिलान्यास गरे ।

त्यस्तै, नयाँ भवन निर्माण भएपस्चात सेवा प्रवाहमा सहज हुने अध्यक्ष राईले विश्वास व्यक्त गरे । “प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा समस्या छ,” उनले भने, “नयाँ भवनको निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा थप सहजता हुनेछ ।”

चारतले प्रशासनिक भवन भ्याटसहित रु सात करोड ५० लाख ४४ हजार एक सय ३७ लागतमा निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिएका छन् । त्यस्तै, दुई वर्षभित्र भवन निर्माण हुने विश्वास लिइएको छ ।


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?